प्रेरणा

सहवासको प्राचीन १२ नियम, पालना गर्नुभयो भने फाइदै फाइदा

प्राचीन नियम अनुसार सहवासबाट वंशवृद्धि, मैत्रीलाभ, सहचार्य सुख, मानसिक रुपबाट परिपक्वता, दीर्घायु, शारीरिक र मानसिक स्वास्थ्य सुखको प्राप्ति हासिल गर्न सकिन्छ । यदी व्यक्ति नियममा बाँधिएर सहवास गर्छन, उ संस्कारी भएर निस्कन्छ । पशुवत सहवासबाट उसले जीवनमा नष्ट गर्छ, त्यहि रुप लिन्छ । पुरातन कालमा दम्पति आजजस्तो हरेक रात्रि बिताउन मिल्दैनथ्यो । उनको सहवास केवल सन्तान प्राप्तिको उद्धेश्य हुन्थ्यो । शुभ दिन र शुभ मुहुर्त संभोगबाट योग्य सन्तान प्राप्त गर्दथे । वर्तमान कालमा युवा पीँढि उदण्ड र अनुशासनहीन बनेका छन् । जुनसुकै समयमापनि संभोग गरेर सन्तान जन्माउँछन् ।

पति र पत्नीबीचको सहवास सम्बन्ध मजबूद राख्ने एक आधार हो । त्यसमा प्रेम हुनुपर्छ, कामवासना होइन । तर वर्तमान समय यस्तो छैन किनकी हामीमा प्राचिन नियमबारे थाहा नै छैन वा सम्झन सकेका नै छैनौँ । आधुनिक युगमा संस्कार समाप्त जस्तै बनेको छ । साथै व्यक्ति स्वार्थी बन्दै गएका छन् । आउनुहोस जानौँ सहवासको त्यो कुन नियम हो जसलाई हामीले जानेर लाभ उठाउन सक्छौँ र सुख बढाउन सक्छौँ, जानौँ ।

१. पहिलो नियम
हम्रो शरीरमा ५ प्रकारको वायु रहन्छ । व्यान, समान, अपान, उदान र प्राण । यी ५ मध्ये अपान वायुको कार्य मल, मूत्र, शुक्र, गर्भ र आर्तवलाई बाहिर निकाल्ने हो । यसमा जुन शुक्र हो त्यहि वीर्य हो अर्थात यो वायु संभोगबाट सम्बन्ध राख्दछ । जव यो वायूको गतिमा फरकपना आउँछ वा यो कुनै प्रकारले दूषित हुन्छ तव मूत्राशय र गुद्वार सम्वन्धि रोग उत्पन्न हुन्छ । यसले संभोगको शक्तिमा असर पर्दछ । अपान वायु महिनावारी, प्रजनन र यहाँसम्म कि संभोगलाई नियन्त्रित गर्ने कारक हो । अतः यो वायुलाई शुद्ध र गतिशील बनाउनको लागि सहि समयमा शौच गर्नु जरुरी हुन्छ ।

२. दोस्रो नियम
कामसूत्रका रचयिता आचार्य वात्स्यायनका अनुसार स्त्रीमा कामशास्त्रको ज्ञान हुनु अत्यन्तै जरुरी हुन्छ । यो ज्ञान पुरुषमा भन्दा स्त्रीमा बढी हुनु आवश्यक छ । यो ज्ञान दुबैमा भए सम्बन्ध अत्यन्तै राम्रो भएर जान्छ । त्यसैले सुमधूर सम्बन्ध हुनु आवश्यक छ । यसकारण स्त्रीमा यौनक्रियाको ज्ञान हुनु आवश्यक ताकि उनी काम कलामा निपुण भइन भने पतिलाई बन्धनमा पार्न सक्छिन् ।

३. तेस्रो नियम
शास्त्रका अनुसार पूर्णिमा, चतुर्थी, अष्टमी, आइतबार, संक्रान्ति, श्राद्ध, नवरात्रि, श्रावण अन्त्य, ऋतुकाल आदि समयमा पति पत्नीले सहवास वा शारीरिक सम्बन्ध नबनाएकै राम्रो । यदी यो नियमलाई पालना गरे घरमा सुख, शान्ति, समृद्धि र आपसी प्रेम बनाउनमा सहयोगी हुन्छ । अन्यथा गृहकलह, धनको हानी साथै व्यक्ति आकस्मिक घटनालाई आमन्त्रित गर्न सक्छ ।

४. चौथो नियम
रात्रिको पहिलो प्रहार रतिक्रियाको लागि उचित समय हो । यो प्रहरमा रतिक्रियाको फलस्वरुप यस्तो सन्तान प्राप्ति हुन्छ जो आफ्नो प्रवृत्ति एवम् संभावनामा धार्मिक, सात्विक, अनुशासित, संस्कारवान, मातापितासँग प्रेम गर्ने यशस्वी र आज्ञाकारी हुन्छ । शिवको आशिर्वादले लामो आयु र भाग्यका हकदार हुनेछन् ।

५. पाँचौँ नियम
यदी कोही सन्तानको रुपमा पुत्रि पछाडि पुत्र चाहन्छन् । महर्षि वात्स्यायनले भनेको नियम सम्झनु जरुरी हुन्छ । यो नियमअनुसार स्त्रीले सँधै पतिको वायाँ सुत्नु पर्दछ । केही समय वायाँ फर्केर सुत्दा दायाँ स्वर र दाहिना फर्केर सुते वायँ स्वर चालू हुने गर्दछ । दायाँ सुत्दा पुरुषको दायँ स्वर चल्न थाल्दछ र वायाँ सुत्दा स्त्रीको वायाँ स्वर चल्न थाल्दछ । जब यस्तो हुन थाल्छ तबमात्र संभोग गर्नु पर्दछ । यो अवस्थामा गर्भधान हुने गर्दछ ।

६. छैठाैँ नियम

आयुर्वेद अनुसार मासिक धर्मको दौरान अथवा कुनै रोग, संक्रमण हुँदा सेक्न गर्नु हुँदैन । यदी गरेमा संक्रमण सर्ने, बिकार जीवाणुको शिकार हुने डर हुन्छ । प्राचिनकालमा सहवास भन्दा पहिला स्नान गर्ने नियम थियो ।

७. सातौँ नियम
मित्रवत व्यवहार भएन, कामको इच्छा नहुँदा, रोग या शोकमा संभोग गर्नु हुँदैन ।

८. आठौँ नियम
पवित्र मानिने रुखको तल, सार्वजनिक स्थानमा, चौरमा, उद्यान, मसानघाट, वधस्थल, चिकित्सालय, औषधालय, मन्दिर, ब्राम्ह्ण, गुरु र अध्यापकको निवास स्थानमा सेक्न गर्न मनाही छ । यदी कसैले यस्तो गर्छ भने यसको परिणाम भोग्नुपर्छ ।

९. नवौँ नियम
बदनियत, दुश्चरित्र, अशिष्ट व्यवहार गर्ने अकुलीन परस्त्री वा परपुरुषसँग सहवास गर्नु हुँदैन । अर्थात आफ्नो पत्नी वा स्त्रीलाई आफ्नो पतिसँग नै सहवास गर्नुपर्दछ । नियमविरुद्ध जो यस्तो गर्छ उसले जीवनमा पछुताउनु पर्छ ।

१०. दशौँ नियम
गर्भकालको दौरान दम्पतिलाई सहवास गर्नु हुँदैन । गर्भकालमा संभोगरत भइन्छ भने भावी सन्तान अपांग, रोगी पैदा हुने खतरा हुन्छ । शास्त्रनुसार २ या ३ महिनासम्म सहवास गरेको राम्रो मानिएपनि गर्भ रहेपछि सहवास नगरेकै उचित ।

११. एघारौँ नियम
शस्त्रनुसार सुन्दर, दीर्घायु र स्वस्थ सन्तानको लागि ग्रहण, सूर्योदय, सूर्यास्तकाल, निधन नक्षत्र, तिथि, दिवाकाल, भद्रा, पर्वकाल, अमावस्या, श्राद्ध, नक्षत्र तथा आठौँ चन्द्रमालाई त्यागेर शुभ मुहुर्तमा संभोग गर्नुपर्दछ ।

१२. बाह्रौँ नियम
मासिक धर्म शुरु हुने पहिलो ४ दिवसमा संभोग गरे पुरुष रुग्णता प्राप्त हुन्छ । पाँचौँ रात्रिमा संभोग गरे कन्या, छैठौँ रात्रिमा पुत्र, सातौँ रात्रिमा बंध्या पुत्री, आठौँ रात्रिमा एश्वर्यशाली पुत्र, नवौँ रात्रिमा एश्वर्यकालिन पुत्री, दशमा अतिश्रेष्ठ पुत्र, एघारमा आचरण भएकी कन्या, बाह्र रात्रिमा गुणवान पुत्र, तेह्रमा चिन्तावर्दक कन्या, चौधमा बलबान पुत्र प्राप्त हुन्छ । पन्ध्र रात्रिमा लक्ष्मीस्वरुप पुत्री, सोह्रमा सर्वज्ञ पुत्र प्राप्त हुन्छ ।

तपाईँको मत