गाउँ सहर

अन्ततः रवि लामिछानेले विवाह गरेर आशिर्वाद मागे

नयाँ मोडमा रवि-निकिता

तस्विरः रवि लमिछाने

काठमाडौँ । केही समय अगाडि सञ्चार जगतका परिचित कर्मी रवि लामिछानेले सम्बन्ध विच्छेद भएको वैद्यानिक घोषणा गरेका उनले कानुनी रुपमा उनले अर्को विवाह गरेको बताएका छन् । 

सामाजिक सञ्जाल फेसबुकमा काठमाडौँ जिल्ला अदालतमा विवाह दर्ता गरेर जीवनले नयाँ मोड लिएको बताएका हुन् ।

विवाह दर्तापछि उनले भनेका छन्, ‘व्यक्तिगत जीवनले नयाँ मोड लिएको छ । एक अर्काका परिवार, आफन्त र नातागोताको छलफल र अनुमतिमा आज निकिता पौडेल जी र मैले कानुनी रुपमा काठमाडौँ जिल्ला आदालतमा विवाह दर्ता गरेका छौँ ।’

उनले यो निर्णय यति छिटो गर्ने योजना नभएपनि मानशिक यातना हुनेगरि समाचार र खोजविन चलेको हुनाले एक अर्कालाई खाँचो परेको जनाएका छन् । यो निर्णय गरेपछि उनले समस्त दर्शक, शुभचिन्तक, परिवार, इष्टमित्रहरुबाट आशिर्वाद पनि मागेका छन् ।

उनले स्टाटसमा भनेका छन्, ‘यो निर्णय यति छिटो गर्ने योजना नै थिएन । तर हामी दुवैप्रति जसरी मानसिक यातना नै हुने गरि अनवरत समाचार र खोजविन चल्यो त्यसले हामीलाई एक अर्काको निकै खाँचो पर्यो । हामी समस्त दर्शक, शुभ चिन्तक, परिवार, इस्टमित्रहरुबाट एउटै मात्र कुरा चाहन्छौँ, आशिर्वाद ।’

कानुनी रुपमा बाँधीएका रविले परम्परागत रुपमा आउँदो वैशाखमा विवाह गर्नेपनि बताएका छन् । उनले भनेका छन्, ‘परम्परागत रुपमा हामी आउँदो वैशाखमा विवाह गर्ने छौ । यो हाम्रो नितान्त व्यक्तिगत जीवन हो । कसैको चर्चा, आलोचना, सुझाव, व्याख्यामा हामी अटेनौँ भने हामीलाई माफ गर्नु होला । हाम्रो भोगाई र तपाईंको सोचाइ नमिल्न सक्छ । हामी दुवैजना यो निर्णयबाट एकदमै खुशी छौँ । र हामी सबैबाट हाम्रो सुखद दाम्पत्य जीवनकालागि शुभ कामना मात्र चाहन्छौँ ।’

रविले यही पौष २० गते अघिल्लो श्रीमती इशा लामिछानेसँग सम्बन्ध विच्छेद भएको जानकारी गराएका थिए । करिब २५ वर्षपछि उनीहरूले सम्बन्ध विच्छेद गरेका थिए । 

त्यो समयमा अधिक जनताको घर मिलाएका रविले आफ्नै घर मिलाउन नसकेको भन्दै सामाजिक सञ्जालमा अधिक कमेन्टहरू आएका थिए । सोही समयबाट निकिता र रविको बारेमा अनेक कुराहरु सार्वजनिक पनि भएका थिए । 

रवि र ईशाका दुई छोरी छन् । दुबै छोरीको जिम्मेवारी आफूले लिएका छन् । 

गाउँ सहर संवाददाता

तपाईँको मत