गाउँ सहर

बन्द हुनलागेको चिनिमिल माथि सरकार अबिलम्ब हस्तक्षेप गरोस् : सांसद हृदयेश त्रिपाठी 

नवलपरासी । प्रतिनिधिसभाको बिहिबार बसेको बैठकमा सुन्ने र बिशेष समय हटाए पनि ढ्यापढ्यापे समयमा बोल्दै सांसद हृदयेश त्रिपाठीले डेढ महिनापछि संचालनमा आएका चिनी मिल भर्खरै चलेको चिनि मिल बन्द गरिने सुचना जारी गर्दै भएको भन्दै अबिलम्ब सरकारले चिनि मिल माथि हस्तक्षेप गरि संञ्चालनमा ल्याउन सरकारसंग माग गरेका छन् ।

"यो भर्म हो कि वर्तमान सरकार निजि क्षेत्र मैत्री भएन भनेर यथार्थमा यो मिथ्या हो" उनले भने । सरकारले निजि क्षेत्रमा र निजि क्षेत्रमा रहेको चिनि या चिनि मिलको विषयमा पत्र र सहयोग गरेको सरकार माथि आरोप लगाए । 

चिनी मिल बन्द गर्न लागिएको हुनाले किसनहरुमा हाहाकार पैदा भएको छ । सरकारले अनुदान रकम दिने गरेको निर्णय अहिले सम्म २० प्रतिशत मात्रै किसानहरूको हातमा पुगेको छ बाँकी अनुदान रकम उपलब्ध गराउन लागि त्रिपाठीले माग गरे । 

नेपालको इतिहासमा प्रथम पटक डेढ महिनापछि संञ्चालन भएका चिनी मिलहरु मध्ये लुम्बिनी चिनि कारखाना बन्द हुने सूचना सार्वजनिक भएको भन्दै उनले ती मिलहरुमाथि हस्तपक्षेप गरि संञ्चालनको व्यवस्था मिलाउन नसके हजारौ किसानहरु उखु जलाउन बाध्य हुने सांसद त्रिपाठीले सरकारको ध्यानाकर्षण गराएका थिए ।  

त्रिपाठीले सदनमा दर्ता गराएको संकल्प प्रस्ताव कृषि उपज मूल्य निर्धारणको आयोग सरकारले सम्बोधन नगरेकाले र सांसदहरुले दर्ता गराएका सार्वजनिक महत्वको प्रस्ताव, संकल्प प्रस्ताव, ध्यानाकर्षण प्रस्ताव हरु त्यत्तिकै थन्किएको भन्दै संसदको प्रभावकारीता माथि प्रश्न उठाए ।  

उनले कृषि उपजको मुल्य निर्धारण आयोगको गठन गरि त्यसले निश्पक्ष रुपमा कृषि उपजको मुल्य निर्धारण गरेपछि सरकारले समर्थन मुल्य घोषणा गरोस् आफुले संकल्प प्रस्ताव दर्ता गराएको भएपनि सरकारले जवाफ दिन तयार नभएकाले प्रस्ताव त्यसै थन्केर बसेको दाबी गरे । उनले भने "दुःख लागिरहेको छ, आफ्नै सरकारलाई विचरा भन्न परिरहेको छ ।" 

सांसद रेशम चाैधरीकाे मुद्दामा अदालतले फैसला मात्रै गरेको तर न्याय नगरेकाे सांसद त्रिपाठीले बताएका छन । “हाम्रा अदालतले फैसला गर्छन्, न्याय गर्दैनन् भनेर एक जना पूर्व प्रधानन्यायाधिशले आजै मात्रै भन्नुभएको थियो । मलाई त्यो कुरा सही लाग्यो । फैसला मात्रै हुने रहेछ । न्याय नहुने रहेछ ।”

गाउँ सहर संवाददाता

तपाईँको मत