अर्थतन्त्र

लक्ष्मी बैंकको नाफा एक तिहाइले बृद्धि

  • २२ श्रावण बुधबार, २०७६ | १४:२५:०० मा प्रकाशित

काठमाडौं । लक्ष्मी बैंकले १ अर्ब ५७ करोड ६० लाख कमाएकाे छ । गत आर्थिक वर्ष २०७५–०७६ को चौथो त्रैमास अवधिमा आफ्नो नाफा ३३.४३ प्रतिशत बढाएकाे छ । अघिल्लो आवको सोहि अवधिमा बैंकको नाफा १ अर्ब १८ करोड १० लाख ९१ हजार रुपैयाँ रहेको थियो ।

बैंकको नाफा बढाउन सञ्चालन मुनाफा र खुद ब्याज आम्दानीको सहयोग देखिएको छ । बैंकको खुद ब्याज आम्दानी ३०.५४ प्रतिशतले बढेर ३ अर्ब ४ करोड ४६ लाख ४१ हजार रुपैयाँ रहेको छ । अघिल्लो आवको सोहि अवधिमा २ अर्ब ३३ करोड २२ लाख ९२ हजार रुपैयाँ रहेको छ ।

यस्तै सञ्चालन मुनाफा पनि ३६.८१ प्रतिशतले बढेर २ अर्ब ३० करोड २६ लाख १९ हजार रुपैयाँ रहेको छ । अघिल्लो आवको सोहि अवधिमा १ अर्ब ६८ करोड ३० लाख ७६ हजार रुपैयाँ रहेको थियो । ८ अर्ब ९२ करोड ५ लाख ९ हजार रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा २ अर्ब १६ करोड ५५ लाख ९१ हजार रुपैयाँ रहेको छ ।

७९ अर्ब ७४ करोड ३१ लाख ८ हजार रुपैयाँ निक्षेप संकलन गरेको बैंकले ७५ अर्ब २२ करोड ७८ लाख ६९ हजार रुपैयाँ कर्जा लगानी गरेको छ । बैंकको खराब कर्जा १.२९ प्रतिशतबाट घटेर १.११ प्रतिशत कायम रहेको छ । प्रतिसेयर आम्दानी १७ रुपैयाँ ६७ पैसा रहेको बैंकको प्रतिसेयर नेटवर्थ १४१ रुपैयाँ ६७ पैसा रहेको छ ।

तपाईँको मत