शिक्षा

त्रिविका आंशिक प्राध्यापकलाई शिक्षण सहायक सरह सेवा सुविधा पाउने गरी करार ग्यारेन्टी गर्नुपर्ने

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयका आंशिक प्राध्यापकलाई शिक्षण सहायक सरह सेवा सुविधा पाउने गरी करार ग्यारेन्टी गर्नुपर्ने त्रिवि आंशिक प्राध्यापक संघ केन्द्रीय कमिटिले बताएकाे छ ।

उसले मंगलबार पत्रकार सम्मेलन गरी साे कुरा बताएकाे हाे ।

पत्रकार सम्मेलनमा कमिटिले त्रिभुवन विश्वविद्यालयका आंशिक प्राध्यापकहरुले विश्वविद्यालयको कक्षा र परीक्षा बहिस्कार गर्ने बताएकाे छ । कमिटिका सहअध्यक्ष राजन ढुंगानाले अब देशभरका आंशिक प्राध्यापकले उपकुलपति कार्यालयमा केन्द्रित भएर आन्दोलन गर्ने बताए ।

त्रिविका आंशिक प्राध्यापकले समान काम गर्ने विश्वविद्यालयका अन्य प्राध्यापकसरहका सेवा सुविधा पाउनुपर्ने, प्राज्ञिक उन्नयनको अवसर पाउनुपर्ने, पेशागत स्थायीत्व हुनुपर्ने, एक शैक्षिक सत्र पूरा गरेका आंशिक प्राध्यापकलाई शिक्षण सहायक सरह सेवा सुविधा पाउने गरी करार ग्यारेन्टी गर्नुपर्ने माग राखेका छन् ।

साथै आंशिक प्राध्यापकले त्रिविले गत भदौमा जारी गरेको अतिरिक्त कक्षा व्यवस्थापन निर्देशिका २०७७ लाई पुनर्लेखन गर्न पनि माग गरेका छन् ।

उक्त निर्देशिकाले समान कामको समान ज्यालालाई नसमेटेको, आंशिक प्राध्यापकको पेशागत स्थायीत्व प्रदान गर्न नसकेको, आंशिक प्राध्यापकलाई अपमान हुने शब्द र वाक्य प्रयोग गरिएकाले स्वीकार गर्न नसकिने उनीहरूकाे भनाइ छ ।

लामाे समय वितिसक्दापनि त्रिविले आंशिक प्राध्यापककाे समस्या समाधान गरेकाे छैन । विभिन्न सम्झाैता गरेपनि अहिलेसम्म कार्यान्वयन नगरिँदा विविमा आंशिक प्राध्यापककाे समस्या जस्ताकाे तस्तै छ ।

गाउँ सहर संवाददाता

RB MC लेख्नुहुन्छ २३ मङ्सिर, २०७७ १०:०४ pm

भागेले चलाएकाे विवि यस्तै हाे, छाडेर खेत जाेत्न जानुहाेस् है साथी, त्यतै जितिन्छ ।

विपिन धिताल लेख्नुहुन्छ २३ मङ्सिर, २०७७ १०:०२ pm

याे समयमा पनि निरन्तर पढाइरहेका शिक्षककाे याे हालत हुनु विडम्बना । अनि कहाँबाट देश बन्छ ? लज्जाशरणम

Gopal Bhattarai लेख्नुहुन्छ २३ मङ्सिर, २०७७ १०:०० pm

याे देशमा प्राध्यापककाे हालत यस्ताे छ, केहि सिक नेता हाे, शिक्षकलाइ बेसाहारा नबनाअाे । पापीहरू

Hari Karki लेख्नुहुन्छ २३ मङ्सिर, २०७७ ९:५८ pm

Bhrasta sarkar ra TU mag tatkal sambodhan gara.

sagun shrestha लेख्नुहुन्छ २३ मङ्सिर, २०७७ ९:५७ pm

लामाे समय वितिसक्दापनि त्रिविले आंशिक प्राध्यापककाे समस्या समाधान गरेकाे छैन । विभिन्न सम्झाैता गरेपनि अहिलेसम्म कार्यान्वयन नगरिँदा विविमा आंशिक प्राध्यापककाे समस्या जस्ताकाे तस्तै छ ।

Yubaraj Shrestha लेख्नुहुन्छ २३ मङ्सिर, २०७७ ९:५३ pm

त्रिविका अांशिक प्राध्यापककाे पीडा अवर्णनीय छ, चाँडै सम्बाेधन गरिनु जरूरी छ ।

Kapil Thapa लेख्नुहुन्छ २३ मङ्सिर, २०७७ ९:५१ pm

Student ghatdai gako chha rajneeti ko aad ma part time baneka haru sabai lai kasari kharchha dhanne ho tu le kunni

तपाईँको मत