गाउँ सहर

आतङ्कित हुने अवस्था छैन, सरकार सङ्क्रमितको उपचारबाट हातखुट्टा झिक्दैन : त्रिपाठी (भिडिओसहित)

काठमाडाैं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री हृदयेश त्रिपाठीले आजदेखि कोरोनाको उपचारका लागि एक हजार बेड थप्ने तयारी भएको बताएका छन् ।

एक भिडियो सन्देश जारी गर्दै उनले आतङ्कित नहुन आग्रह गरेका छन् । उनले सरकारले सबै जिम्मा लिएको र जिम्मेवारी पूरा गर्न कटिबद्ध रहेको स्पष्ट गरे ।

सरकार नागरिककाे साथमा रहेको र बाहिर प्रचार भएजस्तो कोरोना सङ्क्रमितको उपचारबाट हातखुट्टा नझिकेको र सरकार यथासम्भव विश्वमा उपलब्ध साधन जोहो गर्न लागेको बताए ।

अहिलेको सङ्क्रमण आक्रमक भएकाले सङ्क्रमितकाे संख्या बढेको र व्यवस्थापनमा केही समस्या भएको बताए ।

गाउँ सहर संवाददाता

तपाईँको मत