ग्लोबल आइएमई बैंक लिमिटेडको ८.५०% डिबेन्चर २०८६-८७ नेप्सेमा सूचीकृत
- गाउँ सहर संवाददाता
- १ असोज शुक्रबार, २०७८ | १६:३९:०० मा प्रकाशित
काठमाडाैँ । ग्लोबल आइएमई बैंक लिमिटेडको “८.५५ ग्लोबल आइएमई बैंक डिबेन्चर २०८६-८७” ऋणपत्रको ३० लाख इकाई नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ ।
१० वर्ष अवधि रहेको यस ऋणपत्रमा बार्षिक ८.५० प्रतिशतका दरले प्रत्येक आर्थिक वर्षको ६/६ महिनामा व्याज प्रदान गरिनेछ । यस ऋणपत्रलाई रेटि¨ एजेन्सी इक्रा नेपाल लिमिटेडले [ICRANP-IR] LA रेटिङ्ग प्रदान गरेकोे छ । यस रेटि¨ले ऋणपत्रमा गरिएको लगानीमा जोखिम अत्यन्तै न्युन रहेको जनाउँदछ ।
ग्लोबल आईएमई बैंक लिमिटेडको रेटिंगलाई पनि रेटि¨ एजेन्सी इक्रा नेपाल लिमिटेडले हालै [ICRANP-IR] A- बाट [ICRANP-IR] A मा स्तरवृद्धि गरेको थियो ।
बैंकको पर्याप्त तरलता तथा पूँजी कोष, कर्जाको गुणस्तर तथा मिश्रण, बृहत कार्यालय संजाल, स्वस्थ ब्याज आम्दानी तथा आय विवरण, संचालन खर्चमा नियन्त्रण, कुशल जोखिम व्यवस्थापन अभ्यास, बलियो प्रवर्द्धक समूह, अनुभवी बोर्ड तथा व्यवस्थापन नेतृत्व आदि जस्ता तथ्यको आधारमा ग्लोबल आइएमई बैंक तथा यसले जारी गरेका ऋणपत्रको रेटिङमा स्तर वृद्धि भएको हो ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- टी-२० विश्वकप खेल्ने नेपाली टोलीमा समेटिए यी खेलाडीहरू
- काठमाडौंमा सुरू भयाे सीप मेला, २०८१ जनालाई रोजगारी दिने लक्ष्य
- वेस्टइन्डिज ‘ए’सँग फराकिलो अन्तरले पराजित भयाे नेपाल
- साउन १ गतेदेखि पशुपतिमा विद्युतीय शवदाह निःशुल्क
- नेपाललाई जितका लागि वेस्ट इन्डिज ‘ए’ काे विशाल लक्ष्य
- चालू आर्थिक वर्षमा आर्थिक वृद्धिदर ३.८७ प्रतिशत हुने प्रक्षेपण
- स्वास्थ्य मन्त्रालयले मास्क लगाउन आग्रह गर्नुपर्ने अवस्था किन आयाे ?
- शेयरबजार : नेप्से र काराेबार दुवै बढ्याे
- ग्लोबल आइएमई बैंकमा स्वीस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङको १० मिलियन डलर लगानी
- एमालेको कान्छो सांसदकाे रूपमा सुहाङले जित्दा रास्वपाका मिलनकाे जमानत नै जफत
प्रतिकृया दिनुहोस