सांग्रिला बैंकले १७ औं वार्षिकोत्सव विभिन्न कार्यक्रम गरि मनाउँदै
- गाउँ सहर संवाददाता
- ९ कार्तिक मंगलबार, २०७८ | ०७:२२:०० मा प्रकाशित
काठमाडाैं । सांग्रिला डेभलपमेन्ट बैंकले कात्तिक १३ गतेको आफ्नो १७औं वार्षिकोत्सवको अवसर पारेर देशभर साताव्यापी कार्यक्रमहरु सार्वजनिक गरेको छ । देशभर रहेका बैंकका शाखाहरुले कात्तिक ७ देखि कात्तिक १३ गतेसम्म देहाय अनुसारका कार्यक्रमहरु संचालन गर्ने योजना रहेको छ ।
कार्यक्रम अनुसार कार्तिक ७ गते बैंकको सम्पूर्ण विभागहरुले कुनै नयाँ योजना कार्यान्वयन गर्ने, कार्तिक ८ गते विभिन्न शाखा कार्यालयहरु मार्फत निशुल्क स्वास्थ्य परीक्षण शिविर तथा आँखा जाँच गर्ने, कार्तिक ९ गते बैंकको ९८ वटा शाखा कार्यालय मार्फत वित्तीय साक्षारता कार्यक्रम र कार्तिक १० गते केन्द्रीय कार्यालय बालुवाटार सहित विभिन्न शाखा कार्यालय मार्फत रक्तदान शिविर रहेकाे छ । यस्तै कार्तिक ११ गते नयाँ शाखा कार्यालय उद्घाटन, कार्तिक १२ विभिन्न शाखा कार्यालयहरु मार्फत संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गतका कार्यक्रहरु र कार्तिक १३ गते सम्मान कार्यक्रम तथा कृत्रिम अंग वितरण कार्यक्रम रहेकाे छ ।
उक्त कार्यक्रम सांग्रिला डेभलपमेन्ट बैंकको सम्पूर्ण शाखा कार्यालयहरुले कात्तिक ७ गते देखि कात्तिक १३ गतेसम्म क्रमानुसार मनाउँदै लग्ने बैंकले जनाएकाे छ । उक्त कार्यक्रमहरुले देशव्यापी रुपमा विभिन्न क्षेत्रका जनतालाई प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा फाइदा पुग्ने विश्वास बैंकले लिएको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- ISPAN काे पत्रकार सम्मेलन बिहीबार
- कतारी अमिरको नेपाल भ्रमण कति उपलब्धिमूलक रह्यो ?
- शेयर बजारमा २ अर्ब ५३ करोडको कारोबार, यस्ताे रह्याे नेप्से
- गौर हत्याकाण्डसम्बन्धी मुद्दामा १७ वर्षपछि कारण देखाउ आदेश
- करिब २२ घण्टा नेपाल बसेर स्वदेश फर्किए कतारी राजा थानी
- कतार र नेपालको प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय भेटवार्ता
- यस्ताे छ मुलुकभर कृषि कामदार अभावकाे तथ्याँक
- मलेसियाको श्रम नीतिले नेपालकाे राेजगारमा असर
- शीतल निवासमा राष्ट्रपति पौडेल र कतारका अमिरबिच भेटवार्तामा भए यस्ता छलफल
- समयमा काम सम्पन्न नगर्ने पप्पु कन्स्ट्रक्सनसहित निर्माण २९ कम्पनी कालो सूचीमा
प्रतिकृया दिनुहोस