कला

मनको बेदना..

तस्बिरः मदन गुरूङ्ग ।

किन हो दु:ख भुलाई..
हास्न खोज्छु तर हाँस्न सक्दिन
किन हो पिडा भुलाई..
रुन खोज्छु तर रुन सक्दिन।

किन हो चरी बनि..
उड्न खोज्छु तर उड्न सक्दिन
किन हो माछा बनि..
पौडिन खोज्छु तर पौडिन सक्दिन।

किन हो झुल्के घाममा..
किरण बनी धर्ती छुन सक्दिन
किन हो रातको नाममा..
जुनकिरी बनी तारा छुन सक्दिन।

किन हो बालक बनी..
लडिबडी गर्दै भुईंमा लड्न सक्दिन
किन हो बयस्क युवा बनी..
टुलुटुलु हेर्दै रमिते बन्न सक्दिन।

किन हो मिठा याद सङ्गाल्दै..
बितेका कुरा भुलाउन सक्दिन
किन हो अस्थिर मनलाई..
तनाब बाहिर अन्त डुलाउन सक्दिन।

किन हो म आफूलाई..
शून्य पाउँछु तर सक्षम भन्न सक्दिन
किन हो यो मायाजालमा..
रङ्गको जाल झेल म बुझ्न सक्दिन।

तपाईँको मत