वातावरण

बुधबार तराईका भू-भागमा सामान्यतया सफा देखि आंशिक बदली

काठमाडाैँ । २०७८ कार्तिक १० गते (बुधबार), जल तथा माैसम विज्ञान विभागका अनुसार दिउँसो देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली  र तराईका भू-भागमा सामान्यतया सफा देखि आंशिक बदली रहने छ ।

देशका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ । साथै उच्च पहाडी तथा हिमाली भू भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

यस्तै राति देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली र तराईका भू-भागमा सामान्यतया सफा देखि आंशिक बदली रहने छ । उच्च पहाडी तथा हिमाली भू-भागका  एक-दुई  स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत