सप्तरीमा सवारीसाधनकाे ठक्करबाट पैदल यात्रु र हरिणको मृत्यु
- गाउँ सहर संवाददाता
- १० कार्तिक बुधबार, २०७८ | १२:२४:०० मा प्रकाशित
जनकपुरधाम । बसको ठक्करबाट सप्तरीमा एकजना पैदल यात्रुको मृत्यु भएको छ। गएराति करिब साढे ११ बजे जिल्लाको खडक नगरपालिका– ७ कल्याणपुर चोकस्थित पूर्व–पश्चिम राजमार्गमा बसको ठक्करबाट सोही स्थानका करिब ४५ वर्षीया ठण्डेश्वरी भगतको मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले पूर्व–पश्चिम राजमार्गमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को१ख ७७८४ नम्बरको बसले पैदलयात्री ठण्डेश्वरी भगतलाई ठक्कर दिएको जानकारी दिए। ठक्करपछि उपचारको लागि युनिक अस्पताल रुपनी पठाइएकोमा चिकित्सकले मृत घोषणा गरेको उनले बताए।
शवलाई पोस्टमार्टको लागि गजेन्द्रनारायण सिंह सगरमाथा अस्पताल राजविराजमा पठाइएको छ। बस चालक मोरङको धनपालथान गाउँपालिका– ३ का ३२ वर्षीय विनोद राजवंशीलाई नियन्त्रणमा लिइएको प्रवक्ता काफ्लेले जानकारी दिए।
त्यसैगरि, गाडीको ठक्करबाट शम्भुनाथ नगरपालिका– ६ कठौना चोकस्थित पूर्व–पश्चिम राजमार्गमा गाडीको ठक्करबाट वयस्क हरिणको मृत्यु भएको हो।
प्रहरीले कानुनी प्रक्रिया पु¥याएर मृत फेला हरिणलाई इलाका वन कार्यालय रुपनी सप्तरीको जिम्मा लगाएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- नेपाल ‘ए’ लाई आयरल्यान्ड वल्भ्सले दियाे २२३ रनको विशाल लक्ष्य
- सुनको मूल्य हालसम्मकै उच्च, कतिमा हुँदैछ काराेबार ?
- सडक बत्तीको ६ अर्ब बक्यौता बाँकी, तिर्न स्थानीय तहलाई प्राधिकरणकाे ताकेता
- नेपाल ‘ए’ ले आज आयरल्याण्ड वुल्भ्ससँग खेल्ने, पानीले प्रभावित हुनसक्ने
- माैसम पूर्वानुमान : देशभर बदलीसँगै आइतबारसम्म वर्षाकाे सम्भावना
- निजी विद्यालयको नाम फेर्न काठमाडौं महानगरकाे १ महिने अल्टिमेटम
- यस्ता छन् मन्त्रिपरिषद्का ५ निर्णयहरू : नियुक्तदेखि बढुवासम्म
- एमडीएमएस खरिदमा संलग्न २० जनाविरुद्ध झण्डै ९२ करोडकाे मुद्दा
- साताको अन्तिम कारोबार दिन सामान्य अंकले बढ्याे नेप्से
- राष्ट्रियसभाकी उपाध्यक्ष उर्मिला अर्यालद्वारा राजीनामा
प्रतिकृया दिनुहोस