प्रधानन्यायाधीशको एकल इजलासद्वारा पाँच मुद्दामा सुनुवाइ
- गाउँ सहर संवाददाता
- १० कार्तिक बुधबार, २०७८ | १३:२३:०० मा प्रकाशित
काठमाडाैं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले आफ्नो इजलासमा तोकेका ५ मुद्दाको सुनुवाइ गरेका छन् ।
बुधबारका लागि प्रधानन्यायाधीश राणाले आफ्नो एकलसहित ११ वटा इजलास तोकेका थिए । उनीबाहेकका न्यायाधीशको इजलास बुधबारपनि बस्न सकेन ।
जबराले आफूलाई तोकेका पाँचवटै मुद्दामा आदेश गरेर शून्य सुनुवाइ रोकेका छन् ।
दुई दिनपछि आज सर्वोच्चमा मुद्दामा सुनुवाइ भएको हो ।
उनले दुई मुद्दामा कारण देखाऊ आदेश जारी गरेका छन् भने एउटालाई तामेलीमा पठाउने र एउटाको निवेदन फिर्ता हुने आदेश गरेका छन् । यस्तै, एक मुद्दामा कैफियत प्रतिवेदन झिकाउने उनको इजलासले आदेश गरेको हो ।
जनता समाजवादी पार्टीका लुम्बिनी प्रदेश सभाका निर्वतमान सांसद सन्तोषकुमार पाण्डेले सभामुख पूर्ण घर्तीविरुद्ध अदालतको अवहेलनामा दायर गरेको मुद्दालाई तामेलीमा राखिएको छ ।
यस्तै, भुवन कुमार दाहालले मधु कुमारी चौधरीलगायत ३ जनाविरुद्ध दायर गरेको सम्पति शुद्धीकरण निवेदन फिर्ता हुने आदेश भएको छ ।
ज्ञानबहादुर जोगीको हकमा अम्बिका विश्वकर्मा र साजन सुनारको हकमा सार्वजनिक प्रतिरक्षक समाज नेपालसँग आवद्ध अधिवक्ता नवल किशोर साहले दायर गरेको बन्दीप्रत्यक्षीकरण मुद्दामा कारण देखाऊ आदेश जारी भएको छ ।
यसैगरी, कालोबजार तथा अन्य केही सामाजिक अपराध सम्बन्धी कसूरमा रोशन जैसवालले दायर गरेको मुद्दामा कैफियत प्रतिवेदन झिकाउने आदेश भएको सर्वोच्च अदालतले जनाएको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- नेपाली सेनामा दुई हजार ६१५ रिक्त पदमा दरखास्त आवेदन माग
- लुम्बिनी बौद्ध विश्वविद्यालयको रजिष्ट्रार पदमा ७ जनाबीच प्रतिस्पर्धा
- सिन्धुपाल्चोकमा जन्ती बाेकेकाे बस दुर्घटना, ३ जनाको मृत्यु
- लुम्बिनी प्रदेशमा ११ सदस्यीय मन्त्रिपरिषद : ७ मन्त्रीले लिए शपथ
- शेयरबजार निरन्तर घट्न थालेपछि लगानीकर्ता निराश
- गोरखाका पाँच पालिकाद्वारा सार्वजनिक पदमा रहेकाले छोराछोरी सामुदायिक विद्यालयमा पढाउनुपर्ने निर्णय
- ग्लोबल आइएमई बैंक र हब इन्टरनेशनल एजुकेशनबीच सम्झौता
- एसीसी प्रिमियर कपको सेमिफाइनलमा नेपालकाे भेट युएईसँग
- नेप्से लगातार ओरालो, परिसूचक घटेर २ हजार बिन्दुबाट तल
- नेपालकाे लगातार चाैथाे जीत, साउदी अरबलाई ६ विकेटले पराजित
प्रतिकृया दिनुहोस