सांग्रिला डेभलपमेन्ट बैंककाे वित्तीय साक्षरता, साढे ६ हजार जनाकाे उपस्थिति
- गाउँ सहर संवाददाता
- १२ कार्तिक शुक्रबार, २०७८ | ०९:२०:०० मा प्रकाशित
काठमाडौँ । सांग्रिला डेभलपमेन्ट बैंकले १७ औं वार्षिकोत्सव अवसर पारेर देशभर साताव्यापी कार्यक्रम सार्वजनिक गरेअनुसार कात्तिक ९ गते ९८ शाखाबाट एकैसाथ वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।
विभिन्न शाखा कार्यालयले देशभरका विभिन्न स्कुल, कलेज, सामुदायिक संघ–संस्थामा आबद्ध विभिन्न व्यक्तिलाई वित्तीय साक्षरतासम्बन्धी जानकारी दिने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बैंकले बताएको छ ।
बचतको महत्व सिकाउने, बैंकिङ कारोबारसम्बन्धी जनचेतनामूलक सन्देश प्रदान गर्ने, विद्युतीय माध्यमद्वारा बैंकिङ कारोबार गर्न सिकाउने, बैंकिङ प्रणालीमार्फत आर्थिक कारोबार गर्न सन्देश प्रवाहलगायत बैंकिङ सेवासम्बन्धी जनचेतना जगाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बैंकले जनाएको छ ।
बैंकका देशभर रहेका ९८ शाखा कार्यालयबाट करिब साढे ६ हजारले उक्त कार्यक्रममा भाग लिएका थिए ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बालबालिकालाई पोलियोविरुद्धको खोप लगाइँदै
- मौद्रिक नीतिको त्रैमासिक समीक्षाः कुल गार्हस्थ्य उत्पादन ३.८७ प्रतिशतले वृद्धि हुने प्रारम्भिक अनुमान
- प्रधानमन्त्री प्रचण्डले जेठ ७ गते चाैथाेपटक विश्वासको मत लिँदै
- सदनमा कांग्रेस र एमाले सांसदबीच कुँम ठाेकाठाेक
- संसदमा झडप (लाइभ)
- यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य निर्णय
- शेरबजार : नेप्सेमा ४ अर्ब २३ करोडको कारोबार
- गिरीबन्धु टि-स्टेट प्रकरणमा देउवा-ओली आमने सामने
- संसद बैठक चार बजे
- कुनैपनि राजनीतिक दलको धम्कीमा हामी डराउँदैनौँ - डा. शेखर काेइराला
प्रतिकृया दिनुहोस