स्वास्थ्य

चौबीस घण्टामा ४ हजार ९०७ पीसीआर तथा १ हजार ७२५ एन्टिजेन परीक्षण, थपिए २१३ कोरोना संक्रमित

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप २१३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ५ सय २१ पुगेको छ ।

शनिबार ३२५ जना कोरोना संक्रमणमुक्त भएका छन् । हाल देशभर ७ हजार १५६ सक्रिय संक्रमित रहेका छन् ।

गत चौबीस घण्टामा ४ हजार ९०७ पीसीआर तथा १ हजार ७२५ एन्टिजेन परीक्षण भएको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत