सामाजिक सुरक्षाको प्रत्याभूति गर्दै श्रम क्षेत्रका समस्या समाधान गरौँ – वरिष्ठ उपाध्यक्ष ढकाल
- गाउँ सहर संवाददाता
- ११ मङ्सिर शनिबार, २०७८ | १९:२६:०० मा प्रकाशित
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले योगदानमा आधारित सामाजिक सुरक्षा प्रणालीमा देखिएका समस्या र चुनौतीहरुको समाधान गर्दै अघि बढ्नुपर्ने बताएका छन् ।
योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली शुरु भएको आज चार वर्ष पुरा भएको उपलक्ष्यमा आज यहाँ आयोजित एक कार्यक्रममा उनले सामाजिक सुरक्षाको प्रत्याभूति गरी श्रम क्षेत्रका समस्या समाधान गर्दै असल श्रम सम्बन्ध विकास गर्ने हामी सबैको साझा लक्ष्य हो भने ।
वरिष्ठ उपाध्यक्ष ढकालले भने, “सामाजिक सुरक्षा प्रणाली हाम्रो लागि नयाँ भएकोले यसको कार्यान्वयनमा केही व्यवहारिक कठिनाईहरु देखिएका र सूचीकरण प्रकृया शुस्त गतिमा रहेको भएपनि योगदानमा आधारित सामाजिक सुरक्षा प्रणालीमा आजसम्म सूचीकृत प्रतिष्ठान र श्रमिकको संख्यावाट निराश हुनुपर्ने छैन । ”
नयाँ व्यवस्था लागु गर्दा केही समस्या त आउँछन् नै भन्दै त्यसबाट विचलित हुनु भन्दा प्राप्त गरेको अनुभव र सुरक्षा प्रणालीको कार्यान्वयनमा देखिएका चूनौतीहरुलाई मनन् गरी योगदानमा आधारित सामाजिक सुरक्षा प्रणालीलाई सफलपूर्वक अघि बढाउन कोष सक्षम हुने विश्वास उनले व्यक्त गरे ।
उनले आजसम्म करिब १६ हजार प्रतिष्ठान र २ लाख ९५ हजार श्रमिकको सूचीकरण भई सकेको जानकारी पनि दिए । सूचीकृत श्रमिकहरुले सामाजिक सुरक्षा कोषबाट सुविधा पनि पाउन थालिसकेका जानकारी दिँदै वरिष्ठ उपाध्यक्ष ढकालले यस प्रणालीबारे अझै पनि धेरै भ्रम र बुझाईको कमी रहेकाले त्यो भ्रम हटाउनुपर्ने बताए ।
सामाजिक सुरक्षा प्रणाली लागू गर्दा विभिन्न व्यवहारिक कठिनाई आउने गरेको धेरै मुलुकको अनुभव रहेको उनले सुनाए । उनले भने, “अहिले हामीकहाँ पनि केही समस्या छन्, हामी सबै सरोकारवालाहरुले त्यस्ता समस्याको उपयुक्त समाधान खोजी अघि बढनु पर्दछ भन्ने हाम्रो धारणा हो ।”
विद्यमान विवाद र द्विविधाको अन्त्य हुने गरी योगदानमा आधारित सामाजिक सुरक्षा प्रणालीलाई हाम्रो आफ्नै परिवेश अनुकूल र आकर्षक बनाउन ऐन कानून र कार्यविधिमा थप सुधार र परिमार्जन गर्नेतर्फ सोच्न पनि उनले सरोकारवालाहरुलाई आग्रह गरे ।
अहिले प्रचलनमा रहेको संचयकोष र उपदानको व्यवस्थालाई बढी से बढी श्रमिकको हितमा हुनेगरी व्यवस्थापन गर्न र त्यसका लागि सुविधा योजनालाई व्यवहारिक बनाउन पनि सोच्नुपर्ने उनको सुझाव थियो । उनले भने, “यस प्रणालीका विषयमा श्रमिक र रोजगारदाताले अपेक्षा गरेकाले त्यसतर्फ सोच्न कोषलाई आग्रह गर्न चाहन्छु ।” उनले सामाजिक सुरक्षा प्रणालीलाई आकर्षक र भरपर्दाे बनाउन सबैले आ–आफ्नो तहबाट योगदान गर्न पनि आग्रह गरे ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- १६ औँ योजनामा पूर्वाधार निर्माण र सूचना प्रविधि प्राथमिकता : प्रधानमन्त्री
- सुरू भयाे एसईईका उत्तरपुस्तिका परीक्षण
- लेखनाथमा चौथो राष्ट्रिय खुल्ला ब्याडमिन्टन प्रतियोगिता हुने
- इलाम र बझाङमा हुने निर्वाचनमा मौन अवधि सुरु, मौन अवधिमा केके गर्न पाइँदैन ?
- ISPAN काे पत्रकार सम्मेलन बिहीबार
- कतारी अमिरको नेपाल भ्रमण कति उपलब्धिमूलक रह्यो ?
- शेयर बजारमा २ अर्ब ५३ करोडको कारोबार, यस्ताे रह्याे नेप्से
- गौर हत्याकाण्डसम्बन्धी मुद्दामा १७ वर्षपछि कारण देखाउ आदेश
- करिब २२ घण्टा नेपाल बसेर स्वदेश फर्किए कतारी राजा थानी
- कतार र नेपालको प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय भेटवार्ता
प्रतिकृया दिनुहोस