कवि मायादेवी गुरुङद्वारा लिखित कविता कृति ‘जिन्दगी’ विमाेचन
- गाउँ सहर संवाददाता
- ११ मङ्सिर शनिबार, २०७८ | २३:४४:०० मा प्रकाशित
काठमाडाैँ । वेलायतमा कर्मथलो बनाइरहेकी अनेसास केन्द्रका सदस्य कवि मायादेवी गुरुङद्वारा लिखित कविता कृति "जिन्दगी" को आज एक भव्य समारोहविच विमोचन भएको छ ।
नेपाल प्रज्ञाप्रतिष्ठानका उपकुलपति संस्कृतिविद् डाक्टर जगमान गुरुङज्यूको प्रमुख आतिथ्यतामा उक्त कृतिको विमोचन भएको हो ।
अनेसास नेपाल च्याप्टरका अध्यक्ष सन्ध्या पहारीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्राज्ञ माया ठकुरी, बिओटी सल्लाहाकार प्रा.डा. खगेन्द्रप्रसाद लुइँटेल, प्रमुख सूचना आयुक्त महेन्द्रमान गुरुङ, अनेसास सल्लाहाकार राधेश्याम लेकाली, सुमलकुमार गुरुङ, समाजसेवी रत्नबहादुर गुरुङ, रत्न बहादुर गुरुङ, सत्यराज गुरुङ, विजय गुरुङ, अनेसास नेपाल च्याप्टरका सल्लाहाकार प्रा.डा. रामप्रसाद दाहाल, समालोचक लीला लुइँटेल, ज्ञानु अधिकारी, कवि राजेन्द्र सलभ, पत्रकार एवम् साहित्यकार जयदेव भट्टराई, ठाकुर वेल्वासे, उलसीहरी कोइराला, अनेसास पुरस्कार समितिका सदस्य एवम् बोस्टन च्याप्टर अध्यक्ष दीपा पुन राई, लगायत थुप्रै साहित्यिक मन मुटुहरूको गरिमामय उपस्थिती रहेको थियो ।
अनेसास नेपाल च्याप्टरका उपाध्यक्ष राजेन्द्र केसीले कार्यक्रममा स्वागत मन्तव्य राखेका थिए भने सम्पूर्ण अतिथिज्यूहरूले शुभकामनाका शब्दहरू पस्केका थिए ।
लेखकका जीवनसाथी विजय गुरुङ साथै अनेसास नेपाल च्याप्टरका उपाध्यक्ष दिव्य गिरी र सदस्य रञ्जना निरौलाले कृतिभित्रबाट कवित वाचन गरेका थिए । लेखक माया गुरुङले आफ्नो लेखकीय मन्तव्य राख्दै आमा शीर्षकको कविता वाचन गर्दैगर्दा सभा स्तब्ध भएको थियो । गरिमामय कार्यक्रम सँचालनको भूमिकामा अनेसास केन्द्रका सदस्य डा. रेणुका सोलु थिइन् ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- नेशनल पेमेन्ट गेटवे प्रकरणमा सुनिल पौडेल दोषी ठहर
- नेपाली सेनामा दुई हजार ६१५ रिक्त पदमा दरखास्त आवेदन माग
- लुम्बिनी बौद्ध विश्वविद्यालयको रजिष्ट्रार पदमा ७ जनाबीच प्रतिस्पर्धा
- सिन्धुपाल्चोकमा जन्ती बाेकेकाे बस दुर्घटना, ३ जनाको मृत्यु
- लुम्बिनी प्रदेशमा ११ सदस्यीय मन्त्रिपरिषद : ७ मन्त्रीले लिए शपथ
- शेयरबजार निरन्तर घट्न थालेपछि लगानीकर्ता निराश
- गोरखाका पाँच पालिकाद्वारा सार्वजनिक पदमा रहेकाले छोराछोरी सामुदायिक विद्यालयमा पढाउनुपर्ने निर्णय
- ग्लोबल आइएमई बैंक र हब इन्टरनेशनल एजुकेशनबीच सम्झौता
- एसीसी प्रिमियर कपको सेमिफाइनलमा नेपालकाे भेट युएईसँग
- नेप्से लगातार ओरालो, परिसूचक घटेर २ हजार बिन्दुबाट तल
प्रतिकृया दिनुहोस