वातावरण

आजको मौसम पूर्वानुमान : कतै हिमपात कतै वर्षाकाे सम्भावना

काठमाडौँ । नेपालको पूर्वी भू-भागमा बंगलादेशको आसपासमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ।

देशका पहाडी भू-भागहरूमा आंशिक बदली रहेको छ भने बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

साथै आगामी २४ घण्टामा प्रदेश नं १, बागमती, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागहरुका एक वा दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको र देशभर चिसो बढ्ने क्रममा रहेकोले आवश्यक सतर्कता अपनाउन पनि महाशाखाले अनुरोध छ ।

आजको मौसम पूर्वानुमान

०७८ मंसिर १२ गते (आईतबार) 

दिउँसो : देशका पहाडी भू-भागहरुमा  आँशिक देखी सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ।प्रदेश नं १बागती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागहरुका एक-दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।

राती :  देशको पहाडी भू-भागमा आँशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ गण्डकी प्रदेश र कर्णाली प्रदेशको उच्च पहाडी र हिमाली भू-भागको एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

गाउँ सहर संवाददाता

तपाईँको मत