यी ६७ देशबाट आउनेले होटल क्वारेन्टिनमा बस्नुपर्ने नियम २४ घण्टा नबित्दै उल्टियाे
- गाउँ सहर संवाददाता
- ३ पौष शनिबार, २०७८ | १३:०३:०० मा प्रकाशित
काठमाडाै । कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन देखिएका ६७ देशबाट आउने यात्रुले सात दिन होटल करेण्टीनमा बस्नुपर्ने नियम तत्कालका लागि स्थगित भएको छ ।
अध्यागमन विभागले आज सूचना निकालेर सात दिन आफ्नै खर्चमा होटल करेण्टीनमा बस्नुपर्ने नियम तत्कालका लागि स्थगित गरिएको जनाएको छ । विभागका अनुसार अर्को सूचना नआएसम्मका लागि आफ्नै खर्चमा होटल करेण्टीनमा बस्नुपर्ने नियम लागू हुनेछैन । तर कोरोना सम्बन्धी मापदण्ड र यात्राबारे यस अघिका नियम भने यथावत रहेको विभागले जनाएको छ ।
यसअघि विभागले ६७ देशबाट आउने यात्रुलाई एक हप्ता होटल करेण्टीनमा बस्नु पर्ने नियम लागू गरेको थियो । होटल करेण्टीनमा बस्दा लाग्ने सबै खर्च यात्रुले नै बेहोर्नुपर्ने उल्लेख गरिएको थियो । साथै होटल करेण्टीनमा बसेपछि पीसीआर परीक्षण गर्नुपर्ने र रिपोर्ट नेभेटिभ आएपछि पनि एक हप्ता आफ्नै घरमा सुरक्षित रुपमा बस्नुपर्ने भनिएको थियो ।
पीसीआर पोजेटिभ देखिए तोकिएका आइसोलेशन केन्द्र वा अस्पताल पठाइने विभागले जनाएको थियो।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- सुनको मूल्य हालसम्मकै उच्च, कतिमा हुँदैछ काराेबार ?
- सडक बत्तीको ६ अर्ब बक्यौता बाँकी, तिर्न स्थानीय तहलाई प्राधिकरणकाे ताकेता
- नेपाल ‘ए’ ले आज आयरल्याण्ड वुल्भ्ससँग खेल्ने, पानीले प्रभावित हुनसक्ने
- माैसम पूर्वानुमान : देशभर बदलीसँगै आइतबारसम्म वर्षाकाे सम्भावना
- निजी विद्यालयको नाम फेर्न काठमाडौं महानगरकाे १ महिने अल्टिमेटम
- यस्ता छन् मन्त्रिपरिषद्का ५ निर्णयहरू : नियुक्तदेखि बढुवासम्म
- एमडीएमएस खरिदमा संलग्न २० जनाविरुद्ध झण्डै ९२ करोडकाे मुद्दा
- साताको अन्तिम कारोबार दिन सामान्य अंकले बढ्याे नेप्से
- राष्ट्रियसभाकी उपाध्यक्ष उर्मिला अर्यालद्वारा राजीनामा
- नेपाल–भारत विद्युत् आयात सम्झौता नवीकरण
प्रतिकृया दिनुहोस