वातावरण

काठमाडाैं उपत्यका लगायत देशभर चिसाे बढ्याे, तराईका विभिन्न जिल्लामा शितलहर

 

काठमाडाैं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल पहाडी भू-भागहरूमा आंशिक  बदली  रही सुदूरपश्चिम, लुम्बिनी प्रदेशका तराइका केही र बाँकी प्रदेशका तराईका भू-भागका थोरै स्थानमा हुस्सु/कुहिरो लागेको छ । तथापी हाल देशमा उल्लेखनीय प्रणालीको प्रभाव रहेको छैन ।

काठमाडौंको आज बिहानको तापक्रम ३.४ डिग्री सेल्सियस रहेको छ । बिहान ६ बजेको तापक्रम ३.४ डिग्री सेल्सियस मापन गरिएको मौसमविद् सजिना शाक्यले जानकारी दिइन् ।
 
उनका अनुसार आज काठमाडौंमा मौसम बदली हुनेछ । तापक्रम अझै घट्दै जाने उनले बताइन् । “तापक्रम अझै घट्दै जानेछ,” मौसमविद् शाक्यले जानकारी दिइन् । शनिबार काठमाडौं उपत्यकाको तापक्रम यो वर्षको आजसम्मकै न्यून २.६ डिग्री सेल्सियस रहेको थियो । 

तराईका विभिन्न जिल्लामा आज पनि शितलहर चलेको छ । सुदूरपश्चिम र लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा हुस्सु र कुहिरो लागेको छ । मध्याह्नसम्म हुस्सु र कुहिरो हट्ने उनले जानकारी दिइन् ।

देशभर चिसो बढ्ने क्रममा रहेकोले  चिसोबाट बच्न आवश्यक सुरक्षा एवं सतर्कता अपनाउन महाशाखाको अनुरोध छ । 

जुम्लाको सबैभन्दा कम  माइनस ५.३ डिग्री सेल्सियस रहेको छ ।

केही क्षेत्रमा आज पनि हिमपातको सम्भावना रहेको छ । प्रदेश १ र वाग्मती प्रदेशको उच्च पहाडी र हिमाली भू–भागमा हल्का हिमपातको सम्भावना रहेको छ । 

गाउँ सहर संवाददाता

तपाईँको मत