नयाँपाटीमा ॐ चाबहिल डेन्टलकाे नि:शुल्क दन्त तथा स्वास्थ्य शिविर
- गाउँ सहर संवाददाता
- ४ पौष आइतबार, २०७८ | १०:०५:०० मा प्रकाशित
काठमाडाैं । ॐ चाबहिल डेन्टल अस्पतालले गाेकर्णेश्वर नगरपालिकामा नयाँपाटीमा नि:शुल्क दन्त तथा स्वास्थ्य शिविर सम्पन्न गरेको छ ।
शनिबार नयाँपाटी बचत तथा ऋण सहकारी संस्थाकाे २४औँ वार्षिक साधारणसभामा ॐ चाबहिल डेन्टलले नि:शुल्क दन्त तथा स्वास्थ्य शिविर सञ्चालन गरेकाे हाे ।
सहकारीकाे साधारणसभा उपस्थित ३२५ जनाले शिविरबाट सेवा लिएकाे अस्पतालका अध्यक्ष कृष्ण घिमिरेले जानकारी दिए ।
अस्पतालले विभिन्न जिल्लाका स्थानीय तहमासमेत पुगेर पुगेर स्थानीय तहका संघ संस्थाको सहकार्यमा विभिन्न जिल्लामा दन्त शिविरसँगसँगै दाँत सम्बन्धी जनचेतनामूलक कार्यक्रम र सचेत गराउँदै आएको अध्यक्ष घिमिरेले बताए ।
ॐ चाबहिल डेन्टल अस्पतालले देशका विभिन्न जिल्लामा नि:शुल्क दन्त शिविर सञ्चालन गर्दै आइरहेकाे छ ।
प्रबन्धक निर्देशक शर्माले डेन्टल खोलेको छोटो समयमै सेवाग्राहीलाई गुणस्तर सेवा प्रदान गरेर बिरामीहरुको मन जित्न सफल भएको बताए ।
विगत लामाे समयदेखि चाबहिल चाेकमा गुणस्तरीय सेवा सेवा सञ्चालन गर्दै आइरहेको डेण्टलले काेटेश्वरमा शाखा सञ्चालनकाे तयारी गरिरहेकाे छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- रायमाझीसहित ७ जनालाई थुनामै, आङटावा शेर्पालाई ३० लाख धरौटीमा छोड्न सर्वोच्चको आदेश
- पूर्वमन्त्री मोहम्मद आफताब आलमलाई जिल्ला अदालत रौतहटद्वारा जन्मकैदको फैसला
- गर्मीले नेपालगञ्जको जनजीवन प्रभावित
- सहकारी समस्या समाधान गर्ने सरकारको निर्णय
- बाँकेका वनमा डढेलो
- शेयरबजार : २ अर्ब ३६ करोडको कारोबार हुँदा कसले कमाए, कसले गुमाए ?
- बाटो निर्माण गर्दा अनियमितता गर्ने सात जनाविरूद्ध भ्रष्टचार मुद्दा
- भालीदेखि कक्षा १२ काे परीक्षा, झण्डै पाँच लाख विद्यार्थी सहभागी हुँदै
- वेस्ट इन्डिज ए विरुद्ध खेल्ने १६ सदस्यीय टोली घोषणा
- १६ औँ योजनामा पूर्वाधार निर्माण र सूचना प्रविधि प्राथमिकता : प्रधानमन्त्री
प्रतिकृया दिनुहोस