खेल

सहिद स्मारक ‘ए’ डिभिजन लिगमा हिमालयन शेर्पा क्लबकाे पहिलो जित

काठमाडौं । हिमालयन शेर्पा क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिगमा पहिलो जित निकाल्नेक्रममा आइतबार ब्रिगेड ब्वाइज क्लबविरुद्ध ३–१ को नतिजा निकालेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हिमालयन शेर्पाले मिडफिल्डर मुतम्बा पिस्टोनको गोलबाट चौथो मिनेटमा अग्रता लिएको थियो । ५३औँ मिनेटमा बिग्रेड ब्वाइजका बैकल्पिक खेलाडी भुवन बस्नेतको बराबरी गोल फर्काए । भुवन ४६औँ मिनेटमा दिनेश राईको स्थानमा मैदान छिरेका थिए ।

७४औँ मिनेटमा सुरेश कुमालले गरेको गोलबाट हिमालयन शेर्पा पुनः अग्रता लियो । इन्जुरी समयमा मनिष थापाले अर्को गोल थप्दै हिमालयन शेर्पाको जित पक्का गरेका थिए । 

जारी लिगमा हिमालयन शेर्पाको यो पहिलो जित हो । जितसँगै पाँच खेलबाट पाँच अंक जोडेको हिमालयन शेर्पा आठौँ स्थानमा उक्लिएको छ । जुन रेलिगेशन क्षेत्रमा रहेको फ्रेण्ड्सको भन्दा तीन अंकले माथि हो ।

पराजित ब्रिगेड ब्वाइज पाँच अंकका साथ नवौँ स्थानमा छ । 

गाउँ सहर संवाददाता

तपाईँको मत