वातावरण

माैसम : देशभर चिसो बढ्ने क्रममा रहेकोले बच्न आवश्यक सुरक्षा अपनाउन अनुरोध

काठमाडौं । हाल देशमा उल्लेख्य मौसमी प्रणाली नरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । आज देशका पहाडी भूभागमा आशिंक बदली रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार बिहान पहाडी भू–भागहरूमा आंशिक  बदली रही तराईका केही भू–भागमा हुस्सु/कुहिरो लाग्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

दिउँसो देशका अधिकांश पहाडी भूभागम आंशिक बदली रहने तथा अन्यत्र मौसम सफा रहने महाशाखाले जनाएको छ । बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा आंशिक बदली रही बाँकी भू–भागमा  मौसम सामान्यतया सफा रहने महाशाखाको भनाइ छ । उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपातको सम्भावनासमेत रहेको जनाइएको छ । 

राति देशका उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ । 

देशभर चिसो बढ्ने क्रममा रहेकोले चिसोबाट बच्न आवश्यक सुरक्षा एवं सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

काठमाडौंको आज विहानको तापक्रम ३.६ डिग्री सेल्सियस रहेको छ । विहान ६ बजे काठमाडौंमा ३.६ डिग्री सेल्सियस तापक्रम मापन गरिएको हो । 

दिउँसो काठमाडौंको तापक्रम १६ देखि १८ डिग्री सेल्सियससम्म पुग्ने मौसमविद् मञ्जु बासी बताउँछिन् । उनका अनुसार आज दिउँसो काठमाडौंको मौसम सफा रहने छ । पारिलो घाम लाग्ने सम्भावना छ ।

बिहानको समयमा बाक्लो हुस्सु र कुहिरो लाग्ने भएकाले हवाई तथा सडक यातायात प्रभावित हुने तथा सवारी दुर्घटना बढ्नसक्ने भएकाले सडक सवारी चलाउँदा न्यून गतीमा चलाउनु पर्ने देखिन्छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत