गाउँ सहर

बिउ व्यवसायी संघ गण्डकीको अध्यक्षमा सुवेदी

लेखनाथ । नेपाल बिउ व्यवसायी संघ गण्डकी प्रदेशको अध्यक्षमा कुलप्रसाद सुवेदी चयन भएका छन । संस्थाको चौथौं वार्षिक साधारण सभा तथा दोश्रो अधिवेशनले सुवेदीलाई अध्यक्षमा चयन गरेको हो ।

नवगठित कार्यसमितिको प्रथम उपाध्यक्षमा वैकुण्ठनाथ मिश्र, द्धितीय उपाध्यक्षमा गौरीश्वर कँडेल, महासचिवमा कृष्ण प्रसाद तिवारी, सचिवमा सेरेशचन्द्र घिमिरे, कोषाध्यक्षमा परशुराम गैह्रे, सदस्यहरुमा गंगा तिम्सिेना, अमृत कुमार श्रेष्ठ, टिकाराम सापकोटा, निरज मरासिनी, विनोद कार्कि, पुण्य कुमारी कुमाल, पिताम्बर गौतम, बाबुराम पौडेल र भगवान पराजुली रहेका छन ।

साधारण सभा तथा अधिवेशनको उद्घाटन गर्दै गण्डकी प्रदेश भूमि व्यवस्था, कृषि, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव डा. हरि बहादुर केसीले राज्य, निजी क्षेत्र र सहकारीको प्रयासबाट मात्र परिवर्तन सम्भव रहेको बताउँदै विउ व्यवसायीहरुको समस्याका विषयमा छलफल र सुधारका प्रयासहरु भईरहेको बताएका थिए ।

यस्तै गण्डकी प्रदेश कृषि विकास निर्देशानलयका निर्देशक वासुदेव रेग्मीले स्थानीय एवं उन्नत जातका विउ विलुप्त भएर गएको खण्डमा त्यसको क्षतिपुर्ति राज्यले व्यहोर्न नसक्ने वताउँदै बिउ सुरक्षालाई पनि राष्ट्रिय सुरक्षा भन्दा माथिल्लो स्थानमा राख्नुपर्ने बताए ।

कार्यक्रममा नेपाल बिउ व्यवसायी संघका कार्यवाहक अध्यक्ष मणिदेव भटृराई, बिउबिजन प्रयोगशाला गण्डकी प्रदेशकी कमलादेवी श्रेष्ठ, पोखरा महानगरपालिका पशुपंक्षी तथा कृषि महाशाखाका प्रमुख मनहर कडरीया, कृषि ज्ञान केन्द्र लमजुङका प्रमुख सुदिप खतिवडा, पर्वत जिल्ला बिउ व्यवसायी संघकी अध्यक्ष गंगा तिम्सिेना, नेपाल पशुपन्छी औषधी व्यवसायी संघ गण्डकी प्रदेशकी अध्यक्ष वसन्ता श्रेष्ठ, प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाका प्रमुख अजय अधिकारी कृषि ज्ञान केन्द्र कास्की तथा कास्की जिल्ला विउ समन्वय समितिका संयोजक शालिकराम अधिकारी लेखनाथ उद्योग वाणिज्य संघका कार्यसमिति सदस्य बुद्धिप्रसाद बाँस्तोला, दिपशीखा महिला कृषि सहकारीकी अध्यक्ष गोमादेवी आचार्य लगायतले बोलेका थिए ।कार्यक्रमको सञ्चालन महासचिव कृष्ण प्रसाद तिवारीले गरेका थिए भने धन्यवाद ज्ञापन प्रथम उपाध्यक्ष वैकुण्ठनाथ मिश्रले गरेका थिए ।

गाउँ सहर संवाददाता

तपाईँको मत