ए डिभिजन फुटबल : हिमालयन शेर्पाको पहिलो जित
- गाउँ सहर संवाददाता
- ५ पौष सोमबार, २०७८ | १०:५५:०० मा प्रकाशित
काठमाडाैं । काठमाडाैमा जारी सहिद स्मारक ए डिभिजन लिग फुटबलमा हिमालयन शेर्पा क्लबले ब्रिगेड ब्वाईजलाई हराएर सिजनको पहिलो जित निकालेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आईतबार भएको खेलमा हिमालयन शेर्पाले ब्रिगेड ब्वाइज (बिबिसी) लाई ३–१ गोल अन्तरले हराउँदै सिजनको पहिलो जित निकालेको हो । निकै प्रतिस्पर्धात्मक बनेको खेलमा हिमालयन शेर्पाले पाँचौ मिनेटमा अग्रता लिए पनि ५३ औं मिनेटमा गोल खान पुगको थियो ।
खेलको पाँचौ मिनेटमा मुतम्बा पिस्टोनीको गोलमा शेपाले खेलमा अग्रता बनाएको थियो । तर भुवन बस्नेत ५३ औं मिनेटमा बिबिसीका लागि गोल गर्दै खेल बराबरीको अवस्थामा ल्याएका थिए । अघिल्ला खेलमा स्पष्ट अंक जोड्न नसकेको हिमालयन शेर्पाले बिबिसीविरुद्ध बराबरीपछि आक्रामक खेल देखाएको थियो । सोही अनुसार शेर्पाका सुरेश कुमालले ७४ औं मिनेटमा गोल गर्दै शेर्पालाई अग्रता दिलाएका थिए । कुमालले डिबक्स बाहिरबाट प्रहार गरेको बल गोलमा परिणत भएको थियो । पछि परेसँगै काउन्टरको प्रयास गरेको बिबिसीले इन्जुरी समयमा गोल खान पुग्यो । मनिष थापाले गोल गर्दै शेर्पाको जित निश्चित गरे । यससँगै मनिषले हिमालयन शेपाबाट डेब्यु गोल गरेका छन् ।
रोमाञ्चक जितसहित शेर्पाले ५ खेलबाट तालिकामा ५ अंक जोडेको छ । शेर्पा नवौं स्थानमा उक्लिएको छ । समान खेलबाट समान अंक भएको बिबिसी गोल अन्तरका आधारमा तालिकाको दशौं स्थानमा झरेको छ । लिगमा भोली पनि एक खेल हुनेछ । दिनको १ बजे हुने खेल फ्रेन्ड्स र एपिएफ फुटबल क्लबबीच खेल हुनेछ । खेल दशरथ रंगशालामा हुनेछ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- शीतल निवासमा राष्ट्रपति पौडेल र कतारका अमिरबिच भेटवार्तामा भए यस्ता छलफल
- समयमा काम सम्पन्न नगर्ने पप्पु कन्स्ट्रक्सनसहित निर्माण २९ कम्पनी कालो सूचीमा
- उच्च प्राथमिकतामा कतारी राजाको भ्रमण, स्वागतमा राष्ट्रपति, यस्ताे छ तयारी
- पहाडी भेगमा आंशिक बदली, केही स्थानमा हुरीबतासको सम्भावना
- सन्दीप लामिछानेको मुद्दा ‘हेर्न नभ्याइने’मा
- कतारका राजा आउने भएकाले भोलि सार्वजनिक बिदा
- दिवङ्त आफन्तहरुको संझनामा बौद्ध स्तुपमा तेमाल जात्रा
- सन्दीपको पुनरावेदनमा सुनुवाइ आज
- आ..हा... कालिञ्चोक ! (शब्द तस्बिर)
- सेयर बजार बढ्यो दोहोरो अंकले
प्रतिकृया दिनुहोस