दोस्रो चरणकाे मतदाता नामावली ३१८ पालिकामा सङ्कलन हुँदै
- गाउँ सहर संवाददाता
- ५ पौष सोमबार, २०७८ | १२:३१:०० मा प्रकाशित
काठमाडाैं । निर्वाचन आयोगमा पहिलो चरणको मतदाता नामावली दर्ताअन्तर्गत करिब चार लाख नागरिक थपिएका छन् । निर्वाचन आयोगका अनुसार पुस २ गतेसम्म देशभरिबाट चार लाख सात हजारको नामावली दर्ता भएका छन् ।
पहिलो चरणमा ३१९ पालिकामा मतदाता नामावली दर्ता सकिएको छ । हिमाली जिल्लाको बाँकी रहेको पालिकामा मङ्सिर २९ गतेबाट नै दोस्रो चरणको नामावली दर्ता सुरु भइसकेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिएका छन् ।
हिमाली जिल्लाका पालिकाहरूमा पुस ९ गते नामावली दर्ताको विशेष अभियान सकिने छ । मङ्सिर १७ गतेदेखि निर्वाचन आयोगले देशैभरिको पालिकामा पुुगेर मतदाता नामावली दर्ता विशेष अभियान सञ्चालन गरेको थियो । पहिलो चरणमा हिमाली जिल्लामा मङ्सिर १७ गते सुरु भई २७ गतेसम्म नामावली दर्ता भएको थियो । दोस्रो चरणमा हाल ३१८ पालिकामा मतदाता नामावली दर्ता कार्यक्रम भइरहेको निर्वाचन आयोगले जनाएको छ । तराई मधेसका अधिकांश पालिकाले भने म्याद थप्न आग्रह गरेका छन् । आयोगका प्रवक्ता पौडेलले विशेष अभियान अतिरिक्त इलाका प्रशासन, जिल्ला प्रशासन र निर्वाचन कार्यालयमा चुनावको घोषणा नभएसम्म मतदाता नामावली दर्ता कार्यक्रम जारी नै रहने भएकाले छुटेका उम्मेदवारलाई पायक पर्ने स्थानमा गएर दर्ता गराउन आग्रह गरेका छन् ।
प्रवक्ता पौडेलले भने, “नामावली दर्ता वर्षैभरि जारी रहने स्थानमा पुुग्न असमर्थ हुने तथा चुनावलाई दृष्टिगत गरी विशेष अभियान चलाइएको छ, अब दर्ता नै नहुने भने हैन ।” प्रवक्ता पौडेलले भने, “तराई मधेस, भित्री मधेस र उपत्यकाका पालिकामा मङ्सिर १७ गते सुरु भई पुस २ गते पहिलो चरणको नामावली दर्ता सम्पन्न भएको छ । ” आइतबारबाट तराई मधेस, भित्री मधेस र उपत्यकाका पालिकामा मतदाता नामावली दर्ताको दोस्रो चरणको कार्य सुरु भएको छ ।निर्वाचन आयोगले भने विशेष अभियान सकिए पनि ‘आउट डिस्ट्रिक्ट रजिस्ट्रेसन’ जारी रहने प्रस्ट्याएको छ । “तर ओडीआर जिल्ला निर्वाचन कार्यालयबाट मात्र हुनेछ,” आयोगका प्रवक्ता पौडेलले बताए ।
कुल ७३ इलाका प्रशासन, ७७ जिल्ला प्रशासन र ७७ जिल्ला निर्वाचन कार्यालय रहेको पालिकामा भने नामावली दर्ताको विशेष अभियान चलाइएको छैन । विशेष अभियान पुस २० गते सकिनेछ । आयोगको मतदाता नामावली दर्ता कार्यक्रम तीनवटै कार्यालयमार्फत जारी रहने आयोगले जनाएको छ । आयोगले विशेष अभियानमार्फत करिब १० लाख मतदाता थपिने अनुमान गरेको छ । आयोगले १६ वर्ष उमेर पुुगेका नेपाली नागरिक मतदाता नामावली दर्ता अभियानमा विवरण सङ्कलन गर्दैछ तर आयोगले तोकेको मितिमा १८ वर्ष उमेर पूूरा गर्ने व्यक्ति मात्रै मतदानका लागि योग्य हुनेछन् । आयोगको गत चैत्त महिनाको तथ्याङ्क बमोजिम नेपालमा हाल एक करोड ६२ लाख ४३ हजार ११० जना मतदाता कायम छन् ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- निजी विद्यालयको नाम फेर्न काठमाडौं महानगरकाे १ महिने अल्टिमेटम
- यस्ता छन् मन्त्रिपरिषद्का ५ निर्णयहरू : नियुक्तदेखि बढुवासम्म
- एमडीएमएस खरिदमा संलग्न २० जनाविरुद्ध झण्डै ९२ करोडकाे मुद्दा
- साताको अन्तिम कारोबार दिन सामान्य अंकले बढ्याे नेप्से
- राष्ट्रियसभाकी उपाध्यक्ष उर्मिला अर्यालद्वारा राजीनामा
- नेपाल–भारत विद्युत् आयात सम्झौता नवीकरण
- ग्लोबल आइएमई बैंक र अन्तर्राष्ट्रिय वित्त निगमबीच समझदारी
- सुनको मूल्यमा नयाँ रेकर्ड कायम
- यसपालीकाे एसईई परीक्षा सुरु, ११ कक्षामा भर्ना हुन ३५ प्रतिशत अंक चाहिने
- मुगुमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ४ घाइते
प्रतिकृया दिनुहोस