स्वास्थ्य
कोभिड खोप लिएर काठमाडाैं आएको चिनियाँ विमान किन अवतरण नगरी फर्कियाे ?
- गाउँ सहर संवाददाता
- ५ पौष सोमबार, २०७८ | १३:२६:०० मा प्रकाशित
काठमाडाैं । चिनियाँ विमान काठमाडौं विमानस्थलमा अवतरण नगरी फर्किएकाे छ । चीनबाट कोभिड–१९ विरुद्धको खोप लिएर आएको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण नगरी फर्किएको हाे । सिचुवान एयरलाइन्सको विमान सोमबार बिहान काठमाडौंमा अवतरण हुन नसकेपछि छेन्दु फिर्ता भएको विमानस्थलका महाप्रबन्धक भोला प्रसाद गुरागाईंले जानकारी दिएका छन् ।
विमान चीनको छेन्दुबाट १२ लाख डोज खोप बोकेर काठमाडौं आएको थियो । खराब मौसमका कारण काठमाडौंको आकाशमा डेढ घण्टा होल्ड भएपछि जहाज छेन्दु फिर्ता भएको छ । जहाज काठमाडौं फर्किने कार्यतालिका आउन बाँकी रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्ययन कार्यालयका महाप्रबन्धक गुरागाईंले बताए ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- लुम्बिनी प्रदेशमा ११ सदस्यीय मन्त्रिपरिषद : ७ मन्त्रीले लिए शपथ
- शेयरबजार निरन्तर घट्न थालेपछि लगानीकर्ता निराश
- गोरखाका पाँच पालिकाद्वारा सार्वजनिक पदमा रहेकाले छोराछोरी सामुदायिक विद्यालयमा पढाउनुपर्ने निर्णय
- ग्लोबल आइएमई बैंक र हब इन्टरनेशनल एजुकेशनबीच सम्झौता
- एसीसी प्रिमियर कपको सेमिफाइनलमा नेपालकाे भेट युएईसँग
- नेप्से लगातार ओरालो, परिसूचक घटेर २ हजार बिन्दुबाट तल
- नेपालकाे लगातार चाैथाे जीत, साउदी अरबलाई ६ विकेटले पराजित
- काठमाडौं महानगरपालिकाद्वारा आजदेखि क्यान्सरको निःशुल्क परीक्षण शुरू
- सेमिफाइनल पुगिसकेकाे नेपालले आज साउदी अरेबियासँग खेल्दै
- कोलकातामाथि राजस्थानको रोमाञ्चक जित
प्रतिकृया दिनुहोस