राष्ट्रिय सभाको बैठक अनिश्चितकालका लागि स्थगित
- गाउँ सहर संवाददाता
- ५ पौष सोमबार, २०७८ | १४:०१:०० मा प्रकाशित
काठमाडाैं । एमालेका सांसदको अवरोधपछि राष्ट्रिय सभाको बैठक अनिश्चितकालका लागि स्थगित गरिएको छ । सोमबार बसेको बैठकको सुरुमा एमाले सांसद देवेन्द्र दाहालले सदन सुचारु गर्ने विषयमा सरकार पक्षभन्दा बढी प्रतिपक्षी दल गम्भीर हुनुपर्ने भन्दै असन्तुष्टि जनाउँदै बैठक चल्न नसकेको बताएका छन् ।
एमालेले कारबाही गरेका व्यक्तिहरू सदनमा रहेको भन्दै उनले प्रतिपक्षी दलविनाको सर्वदलीय बैठक बस्नेदेखि विकास निर्माणमा ढिलासुस्ती र महंगी बढिरहेका बेला सरकार चुप लागेर बसेको आरोप लगाए । उनले सदन खुलाउनेदेखि देशमा देखिएका अन्य समस्या समाधानमा सरकारले प्रतिपक्षी दलसँग किन वार्ता गर्दैन भन्दै प्रश्न गर्दै सदन चल्न नसक्ने बताए ।
यसपछि अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले यसबारे ध्यानाकर्षण भएको र प्रतिपक्षी दलको माग सम्बोधन गर्न सम्बन्धित् पक्षलाई रुलिङ गर्दैै सदन चल्न दिन एमाले सांसदसँग आग्रह गरे ।
तर, एमाले सांसदहरूले उठेर मौन रुपमा विरोध जनाएपछि अध्यक्ष तिमिल्सिनाले भने, ‘आजको कार्यसूचीमा समावेश भएको विषयलाई कार्यसूचीबाट हटाएको व्यहोरा जानकारी गराउँदछु । माननीय सदस्यहरू अब अर्काे बैठक अर्काे सूचनाद्वारा तोकिने गरी यो बैठक स्थगित हुन्छ ।’
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- समयमा काम सम्पन्न नगर्ने पप्पु कन्स्ट्रक्सनसहित निर्माण २९ कम्पनी कालो सूचीमा
- उच्च प्राथमिकतामा कतारी राजाको भ्रमण, स्वागतमा राष्ट्रपति, यस्ताे छ तयारी
- पहाडी भेगमा आंशिक बदली, केही स्थानमा हुरीबतासको सम्भावना
- सन्दीप लामिछानेको मुद्दा ‘हेर्न नभ्याइने’मा
- कतारका राजा आउने भएकाले भोलि सार्वजनिक बिदा
- दिवङ्त आफन्तहरुको संझनामा बौद्ध स्तुपमा तेमाल जात्रा
- सन्दीपको पुनरावेदनमा सुनुवाइ आज
- आ..हा... कालिञ्चोक ! (शब्द तस्बिर)
- सेयर बजार बढ्यो दोहोरो अंकले
- ६ जना महिला क्रिकेटरले मलेसियाको सुपर वुमन्स कप खेल्ने
प्रतिकृया दिनुहोस