नेप्सेसँगै काराेबार रकम पनि घट्याे, लगानीकर्तामा देखिएन उत्साह
- गाउँ सहर संवाददाता
- ५ पौष सोमबार, २०७८ | १५:२८:०० मा प्रकाशित
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) दाेहाेराे अंकले घटेकाे छ ।
साताको कारोबारको दोस्रो दिन आज सोमबार नेप्से १७.९३ अंकले घटेर दुई हजार तीन सय ५८ दशमलब ८१ विन्दुमा झरेको हो ।
आज काराेबार रकम पनि दुई अर्ब ४६ करोड ४६ लाखमा सीमित भएको छ ।
घटेकाे बजारमा पनि गोर्खाज फाइनान्स र हिमालयन डिष्ट्रिलरी लिमिटेड दश प्रतिशतले बढेकाे छ । आज गोखार्ज फाइनान्सको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता १०१५.३० रुपैयाँ पुगेको छ भने हिमालयन डिष्ट्रिलरी कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ६२३७ रुपैयाँ पुगेको छ ।
तर माउन्टेन इनर्जी नेपालको शेयरमूल्य सर्वाधिक घटेकाे छ । यस कम्पनीको शेयरमूल्य ६ प्रतिशत भन्दा बढीले घटेको छ ।
कारोबारको आधारमा आज सबैभन्दा बढी कारोबार गोर्खाज फाइनान्सको भएको छ । यस कम्पनीको आज १९ करोड २७ लाख भन्दा बढीको कारोबार भएको छ ।
तीन दिनपछि खुलेको शेयर बजारमा उत्साह नदेखिएपछि लगानीकर्ता निराश देखिएका छन् ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- माैसम पूर्वानुमान : देशभर बदलीसँगै आइतबारसम्म वर्षाकाे सम्भावना
- निजी विद्यालयको नाम फेर्न काठमाडौं महानगरकाे १ महिने अल्टिमेटम
- यस्ता छन् मन्त्रिपरिषद्का ५ निर्णयहरू : नियुक्तदेखि बढुवासम्म
- एमडीएमएस खरिदमा संलग्न २० जनाविरुद्ध झण्डै ९२ करोडकाे मुद्दा
- साताको अन्तिम कारोबार दिन सामान्य अंकले बढ्याे नेप्से
- राष्ट्रियसभाकी उपाध्यक्ष उर्मिला अर्यालद्वारा राजीनामा
- नेपाल–भारत विद्युत् आयात सम्झौता नवीकरण
- ग्लोबल आइएमई बैंक र अन्तर्राष्ट्रिय वित्त निगमबीच समझदारी
- सुनको मूल्यमा नयाँ रेकर्ड कायम
- यसपालीकाे एसईई परीक्षा सुरु, ११ कक्षामा भर्ना हुन ३५ प्रतिशत अंक चाहिने
प्रतिकृया दिनुहोस