पूर्वाधार

महालक्ष्मी विकास बैंकका खातावालालाई ॐ चाबहिल डेन्टल हस्पिटलमा विशेष छुट

काठमाडाैं ।  ॐ चावहिल डेन्टल हस्पिटल र महालक्ष्मी विकास बैंकबीच सेवा सम्झाैता भएकाे छ । सम्झौता पत्र हस्ताक्षरमा महालक्ष्मी विकास बैंकका कर्मचारी र साे बैंकमा खाता भएका खातावालाहरुलाई हस्पिटलले दाँत उपचारमा २० प्रतिशत छुट दिने सम्झाैता भएकाे छ ।

सम्झौता पत्रमा महालक्ष्मी विकास बैंकका तर्फबाट चन्द्र खड्का र ॐ चाबहिल डेन्टल हस्पिटलको तर्फबाट अध्यक्ष कृष्ण घिमिरे तथा प्रबन्ध निर्देशक अनिल कुमार शर्माले हस्ताक्षर गरेका छन् ।

हस्पिटलकाे चाबहिल र काेटेश्वर दुवै ठाउँबाट खातावालाहरुलाई हस्पिटलले छुट दिने प्रबन्ध निर्देशक अनिल कुमार शर्माले जानकारी दिए । 

सम्झाैतापछि महालक्ष्मी विकास बैंकका खातावालाहरूले आवश्यक सेवा लिन सक्ने हस्पिटलका अध्यक्ष कृष्ण घिमिरेले बताए ।

गाउँ सहर संवाददाता

तपाईँको मत