पछिल्लाे २४ घण्टामा २२० जना नयाँ सङ्क्रमित थपिए, २६३ जना कोरोनामुक्त
- गाउँ सहर संवाददाता
- ५ पौष सोमबार, २०७८ | १६:२५:०० मा प्रकाशित
काठमाडाैं । नेपालमा पछिल्लो २४ घण्टामा २२० जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । दुई हजार ७२५ जनामा आरटीपीसीआर परीक्षण गरिएकोमा २२० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
त्यस्तै, एक हजार ४१६ जनामा एन्टीजेन परीक्षण गरिएकोमा दुई जनामा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयले नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९७.९ प्रतिशत रहेको जनाएको छ ।
पछिल्लो २४ घण्टामा २६३ जना कोरोनामुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी सोही अवधिमा एक जना सङ्क्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ५७४ पुगेको छ ।
यसैगरी देशभर हालसम्म पाँच हजार २२५ जना सक्रिय सङ्क्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा ८६ हजार ५९३ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बाटो निर्माण गर्दा अनियमितता गर्ने सात जनाविरूद्ध भ्रष्टचार मुद्दा
- भालीदेखि कक्षा १२ काे परीक्षा, झण्डै पाँच लाख विद्यार्थी सहभागी हुँदै
- वेस्ट इन्डिज ए विरुद्ध खेल्ने १६ सदस्यीय टोली घोषणा
- १६ औँ योजनामा पूर्वाधार निर्माण र सूचना प्रविधि प्राथमिकता : प्रधानमन्त्री
- सुरू भयाे एसईईका उत्तरपुस्तिका परीक्षण
- लेखनाथमा चौथो राष्ट्रिय खुल्ला ब्याडमिन्टन प्रतियोगिता हुने
- इलाम र बझाङमा हुने निर्वाचनमा मौन अवधि सुरु, मौन अवधिमा केके गर्न पाइँदैन ?
- ISPAN काे पत्रकार सम्मेलन बिहीबार
- कतारी अमिरको नेपाल भ्रमण कति उपलब्धिमूलक रह्यो ?
- शेयर बजारमा २ अर्ब ५३ करोडको कारोबार, यस्ताे रह्याे नेप्से
प्रतिकृया दिनुहोस