गाउँ सहर

नेपाल जेसिजकाे राष्ट्रिय अध्यक्षमा भण्डारी, उपाध्यक्षमा रामेछापका कार्की निर्वाचित

काठमाडाैं । नेपाल जेसीज वर्ष २०२२ को लागि राष्ट्रिय अध्यक्षमा लालमणि भण्डारी निर्वाचित भएका छन् । यहि पुस एक देखि चार गतेसम्म पोखरामा भएको नेपाल जेसिजको ४८ औं राष्ट्रिय महाधिबेशनबाट भण्डारी राष्ट्रिय अध्यक्षमा निर्वाचित भएका हुन ।

दाङको त्रिभुवन नगर जेसिजको प्रतिनिधित्व गर्दै राष्ट्रिय अध्यक्षमा उम्मेदवारी दिएका भण्डारीले ३६५ मत ल्याएर अध्यक्षमा निर्वाचित भएका थिए ।

 

त्यसैगरि  राष्ट्रिय उपाध्यक्ष पदमा रामेछापका जीवन कार्की निर्वाचित भएका छन् । रामेछाप जेसिज २०२१ का शाखाका अध्यक्ष कार्की नेपाल जेसिजकाे २०२२ का लागि राष्ट्रिय उपाध्यक्ष पदमा निर्वाचित भएका हुन् ।

नेपाल जेसिजकाे विधान अनुसार राष्ट्रिय उपाध्यक्ष पदमा १२ जना निर्वाचित हुने प्रावधान रहेकाे छ । अन्य उपाध्यक्षमा कुमार सिंह साँवा लिम्बू, मनोज कुमार शाह, नेत्रलाल भट्टराई, रश्मी बस्नेत, नरेश चन्द्र ओझा, राम प्रसाद पाण्डेय, योगिराज अधिकारी, सन्दिप अग्रहरी,कृष्ण बहादुर श्रेष्ठ, राजिब प्रसाई र जीवन श्रेष्ठ निर्वाचित भएका छन् ।

देशभरिबाट १९ जनाले निर्वाचनमा भाग लिएका थिए । १९ उमेदवारमध्ये उपाध्यक्ष पदमा कार्कीले ९७१ मत सहित दाेस्राे मत प्राप्त गर्दै विजय हासिल गरेका हुन् । निर्वाचनमा जम्मा १२ सय ६८ मत खसेकाे थियाे । सबैभन्दा धेरै अर्थात ९८० मत हित कुमार सिंह पहिलाे मत प्राप्त गर्न सफल भएका छन् ।

 

त्यस्तै राष्ट्रिय कार्यकारिणी उपाध्यक्षमा दिपेन्द्र निरौला, सुनिल तिम्सिना, रमा कुमारी प्याकुरेल र अनिल बहादुर शाही निर्वाचित भएका छन् ।

गाउँ सहर संवाददाता

तपाईँको मत