राजनीति
माओवादी केन्द्र बागमती प्रदेश अध्यक्षमा सरल सहयात्री निर्वाचित, अन्य पदाधिकारीमा को-को ? (सूचीसहित)
- गाउँ सहर संवाददाता
- ६ पौष मंगलबार, २०७८ | ०७:४३:०० मा प्रकाशित
काठमाडौं । नेकपा (माओवादी केन्द्र) बागमती प्रदेशको अध्यक्षमा सिन्धुपाल्चोकका सरल सहयात्री पौडेल विजयी भएका छन् ।
निर्वाचन समितिका अनुसार कुल खसेको २ सय ६१ भोटमध्ये उनले १६२ मत ल्याएका थिए भने गौतमले ८६ मत पाएका थिए ।
त्यस्तै उपाध्यक्षमा रूपा मर्हजन, रामप्रसाद ढुंगाना र प्रेम बहादुर पुलामी निर्वाचित भएका छन् । सचिवमा काभ्रेका इन्द्रबहादुर थिङ निर्वाचित भएका छन् । उनले १४९ मत ल्याए ।
सहसचिवमा भने दलबहादुर बुर्लाकोटी, माधवप्रसाद लामिछाने र प्रकाश श्रेष्ठ निर्वाचित भएका छन् । कोषाध्यक्षमा संगिता भट्टराई निर्वाचित भएकी छिन् ।
प्रदेश समिति सदस्यले पदाधिकारी चुन्न मतदान गरेका थिए । नौ पदका लागि २७ जनाको उम्मेदवारी परेको निर्वाचन समिति सदस्य डिबी तामाङले जानकारी दिए ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- समयमा काम सम्पन्न नगर्ने पप्पु कन्स्ट्रक्सनसहित निर्माण २९ कम्पनी कालो सूचीमा
- उच्च प्राथमिकतामा कतारी राजाको भ्रमण, स्वागतमा राष्ट्रपति, यस्ताे छ तयारी
- पहाडी भेगमा आंशिक बदली, केही स्थानमा हुरीबतासको सम्भावना
- सन्दीप लामिछानेको मुद्दा ‘हेर्न नभ्याइने’मा
- कतारका राजा आउने भएकाले भोलि सार्वजनिक बिदा
- दिवङ्त आफन्तहरुको संझनामा बौद्ध स्तुपमा तेमाल जात्रा
- सन्दीपको पुनरावेदनमा सुनुवाइ आज
- आ..हा... कालिञ्चोक ! (शब्द तस्बिर)
- सेयर बजार बढ्यो दोहोरो अंकले
- ६ जना महिला क्रिकेटरले मलेसियाको सुपर वुमन्स कप खेल्ने
प्रतिकृया दिनुहोस