बुधबार बस्नेगरी प्रतिनिधि सभा बैठक स्थगित, एमालेको अवरोधबीच दुई अध्यादेश पारित
- गाउँ सहर संवाददाता
- ६ पौष मंगलबार, २०७८ | १३:५७:०० मा प्रकाशित
काठमाडौं । प्रतिनिधि सभाको मंगलबारको बैठक स्थगित भएको छ ।
प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को अवरोधबीच मंगलबार बसेको प्रतिनिधिसभा बैठक स्थगित भएको हाे ।
बुधबार दिउँसो १ बजे बस्ने सूचना सार्वजनिक गर्दै बैठक स्थगित भएको हो । सभामुख अग्निप्रसाद सापकोटाका अनुसार अर्को बैठक पुस ७ गते बुधबार दिउँसो १ बजे अर्को बैठक बस्नेछ ।
मंगलबारको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को अवरोधबीच दुई अध्यादेश पारित भएका छन् । कानुन न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूले प्रस्तुत गरेको ‘यौन हिंसा विरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश, २०७८ र ‘फौजदारी कसूर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश, २०७८ पारित भएका हुन् ।
सांसद् प्रेम सुवालले दुवै प्रस्ताव अस्वीकार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए । सुवाललाई अस्वीकार प्रस्ताव फिर्ता गर्न अस्वीकार गरेपछि प्रतिपक्षी दल एमालेको नाराबाजीबीच सभामुख अग्निप्रसाद सापकोटाले निर्णायार्थ प्रस्तुत गरेका हुन् ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- ISPAN काे पत्रकार सम्मेलन बिहीबार
- कतारी अमिरको नेपाल भ्रमण कति उपलब्धिमूलक रह्यो ?
- शेयर बजारमा २ अर्ब ५३ करोडको कारोबार, यस्ताे रह्याे नेप्से
- गौर हत्याकाण्डसम्बन्धी मुद्दामा १७ वर्षपछि कारण देखाउ आदेश
- करिब २२ घण्टा नेपाल बसेर स्वदेश फर्किए कतारी राजा थानी
- कतार र नेपालको प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय भेटवार्ता
- यस्ताे छ मुलुकभर कृषि कामदार अभावकाे तथ्याँक
- मलेसियाको श्रम नीतिले नेपालकाे राेजगारमा असर
- शीतल निवासमा राष्ट्रपति पौडेल र कतारका अमिरबिच भेटवार्तामा भए यस्ता छलफल
- समयमा काम सम्पन्न नगर्ने पप्पु कन्स्ट्रक्सनसहित निर्माण २९ कम्पनी कालो सूचीमा
प्रतिकृया दिनुहोस