गाउँ सहर
कर्तव्य ज्यान कसूरमा संलग्न रहेको अभियोगमा पक्राउ
- गाउँ सहर संवाददाता
- ६ पौष मंगलबार, २०७८ | १४:२५:०० मा प्रकाशित
मोरङ । कर्तव्य ज्यान कसूरमा संलग्न रहेको अभियोगमा रंगेली नगरपालिका-२ नहर टोल बस्ने ४६ वर्षीय सैनी उराउ र ३५ वर्षीया संगिता उराउलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।
सोही नगरपालिका-२ नहर टोल बस्ने चन्द्र उराउकी २१ महिनाकी छोरी युनिसा उराउ मंसिर २६ गते दिउँसो घरबाटै हराई बेपत्ता भएको भन्ने जानकारी प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरी खोजी गर्ने क्रममा मंसिर २८ गते चन्द्रकै घर पछाडि पैनीमा गाडेको अवस्थामा युनिसाको शव फेला परेको थियो ।
घटनाको थप अनुसन्धानको क्रममा उक्त कसूरमा संलग्न उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।
उनीहरु उपर जिल्ला अदालत मोरङबाट कर्तब्य ज्यान कसूरमा ५ दिन म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- रायमाझीसहित ७ जनालाई थुनामै, आङटावा शेर्पालाई ३० लाख धरौटीमा छोड्न सर्वोच्चको आदेश
- पूर्वमन्त्री मोहम्मद आफताब आलमलाई जिल्ला अदालत रौतहटद्वारा जन्मकैदको फैसला
- गर्मीले नेपालगञ्जको जनजीवन प्रभावित
- सहकारी समस्या समाधान गर्ने सरकारको निर्णय
- बाँकेका वनमा डढेलो
- शेयरबजार : २ अर्ब ३६ करोडको कारोबार हुँदा कसले कमाए, कसले गुमाए ?
- बाटो निर्माण गर्दा अनियमितता गर्ने सात जनाविरूद्ध भ्रष्टचार मुद्दा
- भालीदेखि कक्षा १२ काे परीक्षा, झण्डै पाँच लाख विद्यार्थी सहभागी हुँदै
- वेस्ट इन्डिज ए विरुद्ध खेल्ने १६ सदस्यीय टोली घोषणा
- १६ औँ योजनामा पूर्वाधार निर्माण र सूचना प्रविधि प्राथमिकता : प्रधानमन्त्री
प्रतिकृया दिनुहोस