अर्थतन्त्र

शेयरबजार परिसूचक बढेपनि काराेबार रकम बढ्न सकेन

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको कारोबारको तेस्रो दिन आज मंगलबार दोहोरो अंकले बढेको छ । निरन्तर घटिरहेकाे बजारमा आज भने हरियाली छाएको छ ।

यस दिन नेप्से सूचक ५६.७३ अंकले बढेर २४१५.५५ विन्दुमा पुगेको छ भने सेन्सेटिभ सूचक पनि ११.३४ अंकले बढेको छ । बढेकाे नेप्सेमा काराेबार रकम भने बढ्न सकेन । 

आज दुई अर्ब ३८ करोड ३२ लाख बराबरको कारोबार सिमित भएको छ ।  

यस दिन तीन कम्पनीको शेयर उच्च मूल्यमा कारोबार भएको छ । मंगलबार ग्रीन डेभलपमेन्ट बैंकको शेयरमूल्य सबैभन्दा धेरै १० प्रतिशतले बढेको छ भने जानकी फाइनान्सको ९.८१ प्रतिशत, रसुवागढि हाइड्रोपावरको ९.२१ प्रतिशत र घलेम्दी हाइड्रोपावरको शेयरमूल्य ८.२६ प्रतिशतले बढेको छ ।

त्यस्तै, आज गोर्खाज फाइनान्सको शेयरमूल्यमा सर्वाधिक गिरावट आएको छ । आज यस कम्पनीको शेयरमूल्य ८ प्रतिशत भन्दा बढीले घटेको छ ।

यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी कारोबार हिमालयन डिष्ट्रिलरीको भएको छ । यस कम्पनीको आज १४ करोड ५८ लाख भन्दा बढीको कारोबार भएको छ ।    

गाउँ सहर संवाददाता

तपाईँको मत