स्वास्थ्य
थपिए २९० काेराेना सङ्क्रमित, तीन जनाकाे मृत्यु
- गाउँ सहर संवाददाता
- ६ पौष मंगलबार, २०७८ | १५:४९:०० मा प्रकाशित
काठमाडाैं । देशमा पछिल्लो २४ घण्टामा २९० जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । १२ हजार ४७३ जनामा आरटीपीसीआर परीक्षण गरिएकोमा २९० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा २३२ जना कोरोनामुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
सोही अवधिमा तीन जना सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ५७७ पुगेको छ ।
देशभर हालसम्म ५२४२ जना सक्रिय सङ्क्रमित रहेको स्वास्थ्य मन्त्रालयले बताएकाे छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- समयमा काम सम्पन्न नगर्ने पप्पु कन्स्ट्रक्सनसहित निर्माण २९ कम्पनी कालो सूचीमा
- उच्च प्राथमिकतामा कतारी राजाको भ्रमण, स्वागतमा राष्ट्रपति, यस्ताे छ तयारी
- पहाडी भेगमा आंशिक बदली, केही स्थानमा हुरीबतासको सम्भावना
- सन्दीप लामिछानेको मुद्दा ‘हेर्न नभ्याइने’मा
- कतारका राजा आउने भएकाले भोलि सार्वजनिक बिदा
- दिवङ्त आफन्तहरुको संझनामा बौद्ध स्तुपमा तेमाल जात्रा
- सन्दीपको पुनरावेदनमा सुनुवाइ आज
- आ..हा... कालिञ्चोक ! (शब्द तस्बिर)
- सेयर बजार बढ्यो दोहोरो अंकले
- ६ जना महिला क्रिकेटरले मलेसियाको सुपर वुमन्स कप खेल्ने
प्रतिकृया दिनुहोस