आगलागीमा दुई बालबालिकाको जलेर मृत्यु
- गाउँ सहर संवाददाता
- ७ पौष बुधबार, २०७८ | १०:४१:०० मा प्रकाशित
रौतहट । आगलागीमा परेर दुई जना बालबालिकाको ज्यान गएकाे छ । फतुवा बिजयपुर नगरक्षेत्रमाआगलागी हुँदा जलेर दुई जना बालबालिकाको ज्यान गएको हो । ज्यान गुमाउनेमा फतुवा बिजयपुर १ बरगिनिया गाउँका जोखु यादवका तीन वर्षीया छोरी आराध्य यादव र सन्दीप साहका पाँच वर्षीय छोरा रोहित साह रहेकाे प्रहरीले जानकारी दिएकाे छ ।
हिजाे दिउँसो २ बजे अचानक भएको आगलागीबाट बरगिनिया गाउँमा मदन यादवको फुसको छाना रहेको घर जलेर चार बर्षीया बालिका आराध्यको घटनास्थलमै मृत्यु भएको छ । आगलागीबाट शरीरको अधिकांश भाग जलिसकेका पाँच बर्षिय बालक रोहितको उपचारको क्रममा बुधबार बिहान टिचिङ अस्पताल काठमाडौमा मृत्यु भएको ईलाका प्रहरी कार्यालय बिजयपुरका प्रमुख इन्स्पेक्टर बिष्णु विश्वकर्माले जानकारी दिएका छन् ।
यादवको घरमा लागेको आगो छेउमै दाँईँ गर्न राखिएको धानमा सल्किएको थियो । सोही क्रममा खेलिरहेका बालबालिका आगलागीमा परेकाे स्थानीयकाे बताएका छन् । आगलागीबाट मदनको घर तथा घरमा रहेको अन्न, लत्ताकपडा लगायत सबै सामान जलेर नष्ट भएको पीडित परिवारले बताएकाे छ । त्यसैगरी रामबिश्वास यादवको १६० भन्दा बढी धानको भारी जलेर ५० हजार भन्दा बढिको क्षति भएको अनुमान गरिएको छ ।
नजिकको कुनै स्थानीय तहमा आगो निभाउने दमकल उपलब्ध छैन । प्रहरीको अनुरोधमा जिल्ला सदरमुकाम गौरबाट आएको दमकल आगलागी भएको झन्डै डेढ घन्टा पछि साढे ३ बजे घटनास्थल पुगेको थियो ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक आजबाट सुर
- एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक आजबाट सुर
- नेशनल पेमेन्ट गेटवे प्रकरणमा सुनिल पौडेल दोषी ठहर
- नेपाली सेनामा दुई हजार ६१५ रिक्त पदमा दरखास्त आवेदन माग
- लुम्बिनी बौद्ध विश्वविद्यालयको रजिष्ट्रार पदमा ७ जनाबीच प्रतिस्पर्धा
- सिन्धुपाल्चोकमा जन्ती बाेकेकाे बस दुर्घटना, ३ जनाको मृत्यु
- लुम्बिनी प्रदेशमा ११ सदस्यीय मन्त्रिपरिषद : ७ मन्त्रीले लिए शपथ
- शेयरबजार निरन्तर घट्न थालेपछि लगानीकर्ता निराश
- गोरखाका पाँच पालिकाद्वारा सार्वजनिक पदमा रहेकाले छोराछोरी सामुदायिक विद्यालयमा पढाउनुपर्ने निर्णय
- ग्लोबल आइएमई बैंक र हब इन्टरनेशनल एजुकेशनबीच सम्झौता
प्रतिकृया दिनुहोस