कांग्रेसको मतगणना अन्तिम चरणमा, दलिततर्फका ९ केन्द्रीय सदस्यमा देउवापक्षका ८ जना विजयी
- गाउँ सहर संवाददाता
- ८ पौष बिहीबार, २०७८ | १०:२१:०० मा प्रकाशित
काठमाडौं । नेपाली कांग्रेसमा समावेशी अन्तर्गत दलिततर्फ केन्द्रीय सदस्यको मतगणना सकिएको छ । बुधबार राति सम्पन्न मतगणना अनुसार दलिततर्फ खुलामा पाँच र महिलामा चार जना केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन् ।
९ पदमध्ये ८ जनामा देउवापक्षका विजयी भएका छन् । पुरुषतर्फ एक जनामात्र इतरपक्षले जितेको छ ।
दलित पुरुषतर्फको केन्द्रीय सदस्यमा प्रकाश रसाइली स्नेही, नृपबहादुर वड, हरिशरण नेपाली, मैकुलाल वाल्मीकि र मान बहादुर नेपाली विजयी भएका छन्। विजयीहरुमा स्नेही बाहेक सबै देउवा पक्षका हुन् ।
त्यस्तै महिलातर्फ चार जना पनि देउवा पक्षकै विजयी भएका छन् । दलित महिला तर्फ सुजाता परियार,रुपा विश्वकर्मा, लक्ष्मी परियार र शान्ति परियार विक केन्द्रीय सदस्यमा विजयी भएका छन् ।
मतगणना हिजै सक्ने तयारी भएको भए पनि नेपाल बार एसोसिएसनको 'बार डे' परेकाले गणकहरु आउँदा नसकिएको र आज धेरै स्थानमा गनेर मतगणनाको काम सम्पन्न गर्ने निर्वाचन समितिका सदस्य जगन्नाथ श्रेष्ठले जानकारी दिए ।
मंसिर २४-२७ सम्म भएको कांग्रेसको १४ औं महाधिवेशनमा १३४ पदका लागि निर्वाचन भएको थियो । बुधबारसम्म दलिततर्फसहित १०६ पदको मतपरिणाम सार्वजनिक भएको हो । निर्वाचन समितिका अनुसार अब आदिवासी जनजाती र खसआर्यतर्फ केन्द्रीय सदस्यको मतपरिणाम सार्वजनिक हुन बाँकी छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- यस्ताे छ मुलुकभर कृषि कामदार अभावकाे तथ्याँक
- मलेसियाको श्रम नीतिले नेपालकाे राेजगारमा असर
- शीतल निवासमा राष्ट्रपति पौडेल र कतारका अमिरबिच भेटवार्तामा भए यस्ता छलफल
- समयमा काम सम्पन्न नगर्ने पप्पु कन्स्ट्रक्सनसहित निर्माण २९ कम्पनी कालो सूचीमा
- उच्च प्राथमिकतामा कतारी राजाको भ्रमण, स्वागतमा राष्ट्रपति, यस्ताे छ तयारी
- पहाडी भेगमा आंशिक बदली, केही स्थानमा हुरीबतासको सम्भावना
- सन्दीप लामिछानेको मुद्दा ‘हेर्न नभ्याइने’मा
- कतारका राजा आउने भएकाले भोलि सार्वजनिक बिदा
- दिवङ्त आफन्तहरुको संझनामा बौद्ध स्तुपमा तेमाल जात्रा
- सन्दीपको पुनरावेदनमा सुनुवाइ आज
प्रतिकृया दिनुहोस