सडक दुर्घटनामा दुई जनाको मृत्यु
- गाउँ सहर संवाददाता
- ८ पौष बिहीबार, २०७८ | ११:४०:०० मा प्रकाशित
कास्की । सडक दुर्घटनामा दुई जनाको ज्यान गएकाे छ । कास्कीको अन्नपूर्ण गाउँपालिका नौ डाँडामा गएराती भएको सवारी दुर्घटनामा दुई जनाको ज्यान गएकाे हो । बिहीबार राती नौडाँडाबाट काँडेतर्फ जाँदै गरेको ग २१ प ४४६० नम्बरको स्कुटर रोकिराखेको ट्रकमा ठोक्किँदा उक्त घटना भएकाे थियाे ।
दुर्घटनामा परी ज्यान गुमाउनेमा अन्नपूर्ण गाउँपालिका १ नौडाँडाका ३० वर्षीय कृष्ण सुवेदी र २८ वर्षीय सुनिल केसी रहेकाे जिल्ला प्रहरी कार्यलय कास्कीका डिएसपी सुन्दर तिवारीले जानकारी दिएका छन् ।
डिएसपी तिवारीका अनुसार मृतक सुवेदीले चलाएको स्कुटर गएराती १२ बजे ट्रकमा ठोक्किदा स्कुटरमा सवार दुइ जना गम्भिर घाइते भएका थिए । त्यस लगत्तै उनीहरुको उद्धार गरी पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि पुर्याइएकामा चिकित्सकले मृत घोषित गरेको डिएसपी तिवारीले बताएका छन् ।
मृतकको शव पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा पोष्टमार्टमका लागि राखिएको प्रहरीले जनाएकाे छ ।
दुर्घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले बताएको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- इलाम र बझाङमा हुने निर्वाचनमा मौन अवधि सुरु, मौन अवधिमा केके गर्न पाइँदैन ?
- ISPAN काे पत्रकार सम्मेलन बिहीबार
- कतारी अमिरको नेपाल भ्रमण कति उपलब्धिमूलक रह्यो ?
- शेयर बजारमा २ अर्ब ५३ करोडको कारोबार, यस्ताे रह्याे नेप्से
- गौर हत्याकाण्डसम्बन्धी मुद्दामा १७ वर्षपछि कारण देखाउ आदेश
- करिब २२ घण्टा नेपाल बसेर स्वदेश फर्किए कतारी राजा थानी
- कतार र नेपालको प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय भेटवार्ता
- यस्ताे छ मुलुकभर कृषि कामदार अभावकाे तथ्याँक
- मलेसियाको श्रम नीतिले नेपालकाे राेजगारमा असर
- शीतल निवासमा राष्ट्रपति पौडेल र कतारका अमिरबिच भेटवार्तामा भए यस्ता छलफल
प्रतिकृया दिनुहोस