राजनीति

नेपाली कांग्रेसकाे नवनिर्वाचित केन्द्रीय कार्यसमितिको पहिलो बैठक आउँदो शनिबार बस्दैँ

काठमाडाैं । कांग्रेसको नवनिर्वाचित केन्द्रीय कार्यसमितिको पहिलो बैठक पुस १० गते बस्ने भएको छ ।

१४औं महाविधेशनबाट हालै सम्पन्न निर्वाचित केन्द्रीय कार्यसमितिको पहिलो बैठक पुस १० गते शनिबार बस्ने तयारी भइरहेको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जनाकारी दिएका छन् ।

शुक्रबार सभापतिसहितका पदाधिकारी र केन्द्रीय कार्यसमिति सदस्यलाई निर्वाचन समितिले प्रमाणपत्र वितरण गर्ने कार्यक्रम रहेको  उनले जानकारी दिएका छन् ।

कांग्रेसको १६७ सदस्यीय केन्द्रीय कार्यसमितिमध्ये महाधिवेशनबाट सभापति, २ उपसभापति, २ महामन्त्री र ८ सहमहामन्त्री तथा १३४ सदस्य निर्वाचित भएका छन् ।

कोषाध्यक्ष निर्वाचित केन्द्रीय सदस्यमध्येबाट मनोनित गर्ने व्यवस्था विधानमा छ ।

त्यसैगरी थप ३३ जना केन्द्रीय सदस्य पनि कार्यसमितिले मनोनित गर्ने व्यवस्था कांग्रेसको विधानमा छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत