प्रभु साहद्वारा शिक्षक सेवा आयोगकाे विज्ञापन खारेजीकाे माग
- गाउँ सहर संवाददाता
- ८ पौष बिहीबार, २०७८ | १३:२१:०० मा प्रकाशित
काठमाडाैं । शिक्षक सेवा आयोगकाे विज्ञापन रद्द गर्न माग गरिएकाे छ । एमालेका स्थायी कमिटी सदस्य प्रभु साहले शिक्षक सेवा आयोगले प्रकाशन गरेको विज्ञापन खारेज गर्न माग गरेका हुन् । शिक्षक सेवा आयोगले निम्न माध्यमिक शिक्षकका लागि खुलाइएको विज्ञानपन अस्वाभाविक, अदूरदर्शी, अवैज्ञानिक एवं पक्षपातपूर्ण रहेको दाबी गर्दै साहले त्यसलाई संशोधन या खारेज गर्न माग गरेका हुन् ।
उनले आफ्नो फेसबुकमार्फत भनेका छन्, ‘प्रदेश २ आज पनि साक्षरता, प्रतिव्यक्ति आय, औसत आयु र मृत्युदर लगायत समग्र मानव विकास सूचकाङ्कको हिसाबले समेत सबैभन्दा पछाडि छ,’ ‘प्रदेश २ मा रहेको धेरै जनसङ्ख्या, उच्च जनघनत्व र बढ्दो विद्यार्थी चापलाई समेत नजरअन्दाज गर्दै शिक्षक सेवा आयोगले निकालेको विज्ञापनमा सबैभन्दा कम सिट/पद सङ्ख्या प्रदेश २ लाई उपलब्ध गराइएको यस बदनियतपूर्ण कार्यलाई कुनै पनि हिसाबले सामान्य/स्वाभाविक मान्न सकिँदैन ।
तसर्थ, शिक्षक सेवा आयोगको यस अस्वभाविक, अदुरदर्शि, अवैज्ञानिक एवं पक्षपातपूर्ण गलत विज्ञापनलाई तुरन्त संसोधन/खारेज गर्न सम्बन्धित पक्षको गम्भीर ध्यानाकर्षण सहित जोडदार माग गर्दछु ।’
निमावि तहमा दुई हजार ५९८ शिक्षकका लागि विज्ञापन खुल्ला गरेको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- शीतल निवासमा राष्ट्रपति पौडेल र कतारका अमिरबिच भेटवार्तामा भए यस्ता छलफल
- समयमा काम सम्पन्न नगर्ने पप्पु कन्स्ट्रक्सनसहित निर्माण २९ कम्पनी कालो सूचीमा
- उच्च प्राथमिकतामा कतारी राजाको भ्रमण, स्वागतमा राष्ट्रपति, यस्ताे छ तयारी
- पहाडी भेगमा आंशिक बदली, केही स्थानमा हुरीबतासको सम्भावना
- सन्दीप लामिछानेको मुद्दा ‘हेर्न नभ्याइने’मा
- कतारका राजा आउने भएकाले भोलि सार्वजनिक बिदा
- दिवङ्त आफन्तहरुको संझनामा बौद्ध स्तुपमा तेमाल जात्रा
- सन्दीपको पुनरावेदनमा सुनुवाइ आज
- आ..हा... कालिञ्चोक ! (शब्द तस्बिर)
- सेयर बजार बढ्यो दोहोरो अंकले
प्रतिकृया दिनुहोस