बिहीबार नेप्से दाेहाेराे अंकले बढ्याे, ४ अर्ब ४९ करोडकाे काराेबार
- गाउँ सहर संवाददाता
- ८ पौष बिहीबार, २०७८ | १५:३२:०० मा प्रकाशित
काठमाडाैं । नेप्से साताको अन्तिम दिन बिहिबार दोहोरो अंकले वृद्धि भएको छ । आज नेप्से १२.५३ बढेर दुई हजार पाँच सय २० दशमलब २३ विन्दुमा पुगेको हो । बुधबार नेप्से ९२.१६ बढेर दुई हजार पाँच सय ७ दशमलब ७० विन्दुमा पुगेको थियो ।
आज ४ अर्ब ४९ करोड २ लाख बराबरको कारोबार भएको छ भने हिजाे ४ अर्ब ५२ करोड ३३ लाख बराबरको कारोबार भएको थियो ।
आज तीन कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । शेयरमूल्यमा सर्किट लाग्ने कम्पनीमा शिखर इन्स्योरेन्स, बरुण हाइड्रोपावर र जीवन विकास लघुवित्त वित्तीय संस्था रहेकाे नेप्सेले जनाएकाे छ । आज शिखर इन्स्योरेन्सको शेयरमूल्य करिब १० प्रतिशतले बढेर प्रतिकित्ता १६८८ रुपैयाँ पुगेको छ भने बरुण हाइड्रोपावरको शेयरमूल्य पनि ९.३१ प्रतिशतले बढेर प्रतिकित्ता ४९३ रुपैयाँ पुगेको र जीवन विकास लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ९.७ प्रतिशतले बढेर प्रतिकित्ता ४४९८ रुपैयाँ पुगेको नेप्सेले जनाएको छ ।
नेप्सेका अनुसार आज गोर्खाज फाइनान्सको शेयरमूल्यमा सर्वाधिक गिरावट आएको छ । आज यसको शेयरमूल्य ६.७४ प्रतिशत भन्दा बढीले घटेको छ । यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी कारोबार हिमालयन डिष्ट्रिलरीको भएको छ । यस कम्पनीको आज ३६ करोड २४ लाख भन्दा बढीको कारोबार भएको नेप्सेले बताएकाे छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- रायमाझीसहित ७ जनालाई थुनामै, आङटावा शेर्पालाई ३० लाख धरौटीमा छोड्न सर्वोच्चको आदेश
- पूर्वमन्त्री मोहम्मद आफताब आलमलाई जिल्ला अदालत रौतहटद्वारा जन्मकैदको फैसला
- गर्मीले नेपालगञ्जको जनजीवन प्रभावित
- सहकारी समस्या समाधान गर्ने सरकारको निर्णय
- बाँकेका वनमा डढेलो
- शेयरबजार : २ अर्ब ३६ करोडको कारोबार हुँदा कसले कमाए, कसले गुमाए ?
- बाटो निर्माण गर्दा अनियमितता गर्ने सात जनाविरूद्ध भ्रष्टचार मुद्दा
- भालीदेखि कक्षा १२ काे परीक्षा, झण्डै पाँच लाख विद्यार्थी सहभागी हुँदै
- वेस्ट इन्डिज ए विरुद्ध खेल्ने १६ सदस्यीय टोली घोषणा
- १६ औँ योजनामा पूर्वाधार निर्माण र सूचना प्रविधि प्राथमिकता : प्रधानमन्त्री
प्रतिकृया दिनुहोस