५५१० जनामा पीसीआर परीक्षण गर्दा २४१ जनामा कोरोना सङ्क्रमण पुष्टि, थप दुईकाे मृत्यु
- गाउँ सहर संवाददाता
- ८ पौष बिहीबार, २०७८ | १५:२५:०० मा प्रकाशित
काठमाडौं । पछिल्लो २४ घण्टामा २४१ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । पाँच हजार ५१० जनामा पीसीआर परीक्षण गरिएकोमा २४१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
त्यस्तै, दुई हजार ११६जनाको एन्टिजेन परीक्षण गर्दा ५२ जनामा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयले नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९८ प्रतिशत रहेको जनाएको छ ।
पछिल्लो २४ घण्टामा २६३ जना कोरोनामुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी सोही अवधिमा दुई जना सङ्क्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ५८१ पुगेको छ ।
यसैगरी देशभर हालसम्म पाँच हजार १६१ जना सक्रिय सङ्क्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- शेयरबजार निरन्तर घट्न थालेपछि लगानीकर्ता निराश
- गोरखाका पाँच पालिकाद्वारा सार्वजनिक पदमा रहेकाले छोराछोरी सामुदायिक विद्यालयमा पढाउनुपर्ने निर्णय
- ग्लोबल आइएमई बैंक र हब इन्टरनेशनल एजुकेशनबीच सम्झौता
- एसीसी प्रिमियर कपको सेमिफाइनलमा नेपालकाे भेट युएईसँग
- नेप्से लगातार ओरालो, परिसूचक घटेर २ हजार बिन्दुबाट तल
- नेपालकाे लगातार चाैथाे जीत, साउदी अरबलाई ६ विकेटले पराजित
- काठमाडौं महानगरपालिकाद्वारा आजदेखि क्यान्सरको निःशुल्क परीक्षण शुरू
- सेमिफाइनल पुगिसकेकाे नेपालले आज साउदी अरेबियासँग खेल्दै
- कोलकातामाथि राजस्थानको रोमाञ्चक जित
- सहकारीको रकम अपचलनबारे गृहमन्त्री रविले फेसबुकमार्फत दिए यस्ताे स्पष्टीकरण
प्रतिकृया दिनुहोस