प्रहरीकै माेटरसाइकल लिएर कैदी फरार
- गाउँ सहर संवाददाता
- ९ पौष शुक्रबार, २०७८ | १२:०४:०० मा प्रकाशित
दाङ । कारागारबाट एक थुनुवा कैदी फरार भएका छन् । कर्तव्य ज्यान मुद्दामा २० वर्ष कैद फैसला भई थुनामा रहेका एक व्यक्ति कारगारबाट भागेका हुन् । जिल्ला कारागार घोराहीको थुनामा रहेका राजपुर गाउँपालिकाका २८ वर्षीय जयराम परियार बिहीबार अस्पतालबाट भागेको प्रहरीले जानकारी दिएकाे छ ।
घोराही कारागारका नाइके रहेका परियार छालाको उपचारका लागि अस्पताल गएका बेला त्यहीबाट भागेको प्रहरी उपरीक्षक (एसपी) सुरेश काफ्लेले जानकारी दिएका छन् । उनी प्रहरी जवान धनबहादुर चौधरीसँगै लु३४प ४१० नंको मोटरसाइकल चढेर अस्पताल गएका थिए । उपचारका लागि हत्कडी खोलेपछि परियार प्रहरी जवान चौधरीकै मोटरसाइकल लिएर भागेको प्रहरीले बताएकाे छ ।
घटनाबारे चौधरीले अपराह्न ४ बजेतिर मात्रै जानकारी दिनुले पनि आशङ्का गर्ने प्रशस्त आधार देखिएकाले प्रहरी जवान चौधरीलाई थुनामा राखेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी प्रमुख काफ्लेले जानकारी दिए । बीस वर्ष कैद सजाए तोकिएका परियारले अहिलेसम्म साढे सात वर्ष कैद सजाय भुक्तान गरिसकेका थिए । परियारको खोजीमा प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालयले बताएकाे छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- रायमाझीसहित ७ जनालाई थुनामै, आङटावा शेर्पालाई ३० लाख धरौटीमा छोड्न सर्वोच्चको आदेश
- पूर्वमन्त्री मोहम्मद आफताब आलमलाई जिल्ला अदालत रौतहटद्वारा जन्मकैदको फैसला
- गर्मीले नेपालगञ्जको जनजीवन प्रभावित
- सहकारी समस्या समाधान गर्ने सरकारको निर्णय
- बाँकेका वनमा डढेलो
- शेयरबजार : २ अर्ब ३६ करोडको कारोबार हुँदा कसले कमाए, कसले गुमाए ?
- बाटो निर्माण गर्दा अनियमितता गर्ने सात जनाविरूद्ध भ्रष्टचार मुद्दा
- भालीदेखि कक्षा १२ काे परीक्षा, झण्डै पाँच लाख विद्यार्थी सहभागी हुँदै
- वेस्ट इन्डिज ए विरुद्ध खेल्ने १६ सदस्यीय टोली घोषणा
- १६ औँ योजनामा पूर्वाधार निर्माण र सूचना प्रविधि प्राथमिकता : प्रधानमन्त्री
प्रतिकृया दिनुहोस