बैंककाे रकम हिनामिना गरेकाे ओरापमा कर्मचारी पक्राउ
- गाउँ सहर संवाददाता
- ९ पौष शुक्रबार, २०७८ | १३:१४:०० मा प्रकाशित
काठमाडाैं । एक डेभलपमेन्ट बैंकमा १६ कराेड रूपैंया हिनामिना भएकाे छ । सप्तकोशी डेभलपमेन्ट बैंक विराटनगरको कर्पोरेट कार्यालयमा १६ कारोड रुपैयाँ हिनामिना भएको हाे । प्रहरीले हिनामिना गरेको ओरापमा बैंकको कर्पोरेट कार्यालयका जेनेरल सर्भिस डिपार्टमेन्ट(जिएसडी) प्रमुख हिमाल भट्टराईलाइ पक्राउ गरेकाे छ । भट्टराईलाइ थप अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय मोरङले जानकारी दिएकाे छ ।
बैंककै एक कर्मचारीले गोप्य रूपमा नेपाल राष्ट्र बैंकमा आर्थिक हिनामिना भइरहेको उजुरी गरेपछि राष्ट्र बैंकले आर्थिक हिनामिनाको विषयमा पत्राचार गरेको थियो । राष्ट्रबैंकले पत्राचार गरेपछि मात्र थाहा पाएको सञ्चालक समितिका अध्यक्ष डा. अर्जुन बरालले बताएका छन् ।
हाल प्रहरी, सीआईबी र नेपाल राष्ट्र बैंकले छानबिन गरिरहेको छ,छानबिनपछि मात्र वास्तविकता बाहिर ल्याउन सकिन्छ उनले भने । जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायव उपरीक्षक दिपक श्रेष्ठले बैंकमा ठगी भएको उजुरी आएपछि भट्टराईलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको बताए ।
राष्ट्र बैंकको विकास बैंक सुपरीवेक्षण विभाग र सीआईबीले पनि बैंकमा भएको आर्थिक हिनामिनाको अनुसन्धान गरिरहेको जनाइएकाे छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- ISPAN काे पत्रकार सम्मेलन बिहीबार
- कतारी अमिरको नेपाल भ्रमण कति उपलब्धिमूलक रह्यो ?
- शेयर बजारमा २ अर्ब ५३ करोडको कारोबार, यस्ताे रह्याे नेप्से
- गौर हत्याकाण्डसम्बन्धी मुद्दामा १७ वर्षपछि कारण देखाउ आदेश
- करिब २२ घण्टा नेपाल बसेर स्वदेश फर्किए कतारी राजा थानी
- कतार र नेपालको प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय भेटवार्ता
- यस्ताे छ मुलुकभर कृषि कामदार अभावकाे तथ्याँक
- मलेसियाको श्रम नीतिले नेपालकाे राेजगारमा असर
- शीतल निवासमा राष्ट्रपति पौडेल र कतारका अमिरबिच भेटवार्तामा भए यस्ता छलफल
- समयमा काम सम्पन्न नगर्ने पप्पु कन्स्ट्रक्सनसहित निर्माण २९ कम्पनी कालो सूचीमा
प्रतिकृया दिनुहोस