शुक्रबारदेखि ५०० दरका नयाँ नोट बजारमा, दृष्टिविहिनहरुले पहिचान गर्न सक्ने
- गाउँ सहर संवाददाता
- ९ पौष शुक्रबार, २०७८ | १४:०३:०० मा प्रकाशित
काठमाडाैं । शुक्रबा देखि ५०० दरका नयाँ नोट बजारमा आएको छ । उक्त नाेटमा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको हस्ताक्षर रहेकाे छ । आजदेखि ५०० दरका नयाँ नोट चलनचल्तीमा आएको छ ।
नेपाल राष्ट्र बैंक, मुद्रा व्यवस्थापन विभागका अनुसार रु ५०० दरका पुरानै आकार तथा रंगमा, सङ्केत नं ६/३८ ०००००१ देखि झ/४२ ९९९९९९ सम्म नोट चलनचल्तीमा आएका हुन् ।
३.५ मि.मी चौडा रहने नोटको अन्य डिजाइन तथा अक्षरहरु पुरानै जस्तै रहने बैंकले जनाएको छ ।
सगरमाथा हिमालको दायाँतर्फ अण्डाकारभित्र रङ्ग परिवर्तन हुने कुबेरको चित्र रहने बैंकले विज्ञप्ति मार्फत जनाएकाे छ ।
नयाँ नोटमा बाँयातर्फ सगरमाथाको चित्र र दायाँतर्फ लागिगुँरासको पानी छाप रहेको छ । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको हस्ताक्षर रहेको उक्त नोटको तल्लो भागको तल्लो भागको बोर्डरमा नोटको सिरियल नम्बर नेपालीमा विं सं. २०७७ लेखिएको छ ।
लालिगुँरासको पानी छापको बाँयातर्फ फरक क्षमता भएका दृष्टिविहिनहरुले स्पर्श गरेर नोटको दर पहिचान गर्नका लागि दुई वटा कालो थोप्लोहरु राखिएका छन् ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- लुम्बिनी प्रदेशमा ११ सदस्यीय मन्त्रिपरिषद : ७ मन्त्रीले लिए शपथ
- शेयरबजार निरन्तर घट्न थालेपछि लगानीकर्ता निराश
- गोरखाका पाँच पालिकाद्वारा सार्वजनिक पदमा रहेकाले छोराछोरी सामुदायिक विद्यालयमा पढाउनुपर्ने निर्णय
- ग्लोबल आइएमई बैंक र हब इन्टरनेशनल एजुकेशनबीच सम्झौता
- एसीसी प्रिमियर कपको सेमिफाइनलमा नेपालकाे भेट युएईसँग
- नेप्से लगातार ओरालो, परिसूचक घटेर २ हजार बिन्दुबाट तल
- नेपालकाे लगातार चाैथाे जीत, साउदी अरबलाई ६ विकेटले पराजित
- काठमाडौं महानगरपालिकाद्वारा आजदेखि क्यान्सरको निःशुल्क परीक्षण शुरू
- सेमिफाइनल पुगिसकेकाे नेपालले आज साउदी अरेबियासँग खेल्दै
- कोलकातामाथि राजस्थानको रोमाञ्चक जित
प्रतिकृया दिनुहोस