गाउँ सहर
१६ लाख रकम सहित भारतीय नागरिक पक्राउ
- गाउँ सहर संवाददाता
- ९ पौष शुक्रबार, २०७८ | १४:२८:०० मा प्रकाशित
काठमाडाैं । १६ लाख रुपैयाँसहित एक भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत बिहार पूर्वी चम्पारण आधारपुर बस्ने २२ वर्षीय रन्देश कुशवाहा रहेका छन् ।
कलैया उपमहानगरपालिका-१० मटिअर्वा नहर चोकबाट स्रोत नखुलेको नगद १६ लाख रुपैयाँसहित कुशवाहालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेकाे जानकारी दिएकाे छ ।
विशेष सूचनाको आधारमा उनी सवार बिआर २२ एन ५०१४ नम्बरको मोटरसाइकललाई जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरीले जाँच गर्दा रन्देशलाई १ हजार दरको १ हजार ३ सय थान र ५ सय दरको ६ सय थान गरी जम्मा १६ लाख रुपैयाँ सहित फेला पारी पक्राउ गरेको प्रहरीले जनाएकाे छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएकाे छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- शीतल निवासमा राष्ट्रपति पौडेल र कतारका अमिरबिच भेटवार्तामा भए यस्ता छलफल
- समयमा काम सम्पन्न नगर्ने पप्पु कन्स्ट्रक्सनसहित निर्माण २९ कम्पनी कालो सूचीमा
- उच्च प्राथमिकतामा कतारी राजाको भ्रमण, स्वागतमा राष्ट्रपति, यस्ताे छ तयारी
- पहाडी भेगमा आंशिक बदली, केही स्थानमा हुरीबतासको सम्भावना
- सन्दीप लामिछानेको मुद्दा ‘हेर्न नभ्याइने’मा
- कतारका राजा आउने भएकाले भोलि सार्वजनिक बिदा
- दिवङ्त आफन्तहरुको संझनामा बौद्ध स्तुपमा तेमाल जात्रा
- सन्दीपको पुनरावेदनमा सुनुवाइ आज
- आ..हा... कालिञ्चोक ! (शब्द तस्बिर)
- सेयर बजार बढ्यो दोहोरो अंकले
प्रतिकृया दिनुहोस