खेल

माल्दिभ्सलाई पराजित गर्दै नेपाल दोस्रो स्थानमा

काठमाडाैं । महिला तथा पुरुष भलिबल च्याम्पियनसिपअन्तर्गत आजको महिलातर्फको खेलमा नेपालले माल्दिभ्सलाई पराजित गरेकाे छ । बंगलादेशमा जारी एभिसी एसियन सेन्ट्रल जोन महिला तथा पुरुष भलिबल च्याम्पियनसिपअन्तर्गत आजको महिलातर्फको खेलमा नेपालले माल्दिभ्सलाई पराजित गर्दै प्रतियोगितामा लगातार दोस्रो जीत हासिल गरेकाे हाे ।

बंगलादेशको ढाका मिरपुरस्थित शाहिद शुरवार्दी इन्डोर स्टेडियममा भएको खेलमा नेपालले माल्दिभ्सलाई ३–० को सोझो सेटमा पराजित गर्दै प्रतियोगितामा लगातार दोस्रो जित दर्ता हात पारेकाे छ । नेपालले माल्दिभ्समाथि पहिलो सेट २५–११, दोस्रो सेट २५–९ तथा तेस्रो तथा अन्तिम सेट २५–५ ले जीत निकाल्यो ।

हिजो भएको पहिलो खेलमा नेपालले श्रीलंकालाई ३–२ को सेटमा पराजित गरेको थियो । लगातार दोस्रो जीतसँगै नेपालको फाइनल पुग्ने सम्भावना बलियो बनेको छ । अब नेपालले भोलि आयोजक बंगलादेशसँग खेल्ने छ ।

 

गाउँ सहर संवाददाता

तपाईँको मत