तीस किलाे ५ सय ग्राम गाँजा सहित दुई जना प्रहरी नियन्त्रणमा
- गाउँ सहर संवाददाता
- ९ पौष शुक्रबार, २०७८ | १६:३५:०० मा प्रकाशित
मकवानपुर । प्रहरीले अवैध लागूऔषध गाँजा सहित २ जनालाई पक्राउ गरेकाे छ । हेटौंडा उपमहानगरपालिका-१५ रातोमाटेबाट ३० किलो ५ सय ग्राम अवैध लागूऔषध गाँजा सहित २ जनालाई शुक्रबार बिहान पक्राउ गरेको प्रहरीले जानकारी दिएकाे छ ।
पक्राउ पर्नेहरुमा धनुषा नगराईन नगरपालिका-२ बस्ने ३४ वर्षीय सुबोध मण्डल र पर्सा पटेरवा सुगौली गाउँपालिका-३ बस्ने ३९ वर्षीय मुकेश राउत थारु रहेका छन् । हेटौंडाबाट वीरगंजतर्फ जाँदै गरेको एनएल ०१ सी ३६५४ भारतीय नम्बर प्लेटको गाडीलाई जिल्ला प्रहरी कार्यालय मकवानपुर र ईलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको संयुक्त प्रहरी टोलीले जाँच गर्ने क्रममा ३ वटा पोकामा गाडीको सिटमुनि लुकाई ल्याएको उक्त गाँजा सहित गाडी चालक मण्डल र गाडीमा सवार थारुलाई पक्राउ गरेको हाे ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले बताएकाे छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- इलाम र बझाङमा हुने निर्वाचनमा मौन अवधि सुरु, मौन अवधिमा केके गर्न पाइँदैन ?
- ISPAN काे पत्रकार सम्मेलन बिहीबार
- कतारी अमिरको नेपाल भ्रमण कति उपलब्धिमूलक रह्यो ?
- शेयर बजारमा २ अर्ब ५३ करोडको कारोबार, यस्ताे रह्याे नेप्से
- गौर हत्याकाण्डसम्बन्धी मुद्दामा १७ वर्षपछि कारण देखाउ आदेश
- करिब २२ घण्टा नेपाल बसेर स्वदेश फर्किए कतारी राजा थानी
- कतार र नेपालको प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय भेटवार्ता
- यस्ताे छ मुलुकभर कृषि कामदार अभावकाे तथ्याँक
- मलेसियाको श्रम नीतिले नेपालकाे राेजगारमा असर
- शीतल निवासमा राष्ट्रपति पौडेल र कतारका अमिरबिच भेटवार्तामा भए यस्ता छलफल
प्रतिकृया दिनुहोस