राजनीति

कांग्रेस महाधिवेशनमा आदिवासी जनजातितर्फबाट निर्वाचित ८ जनासहित कुन उम्मेद्वारले कति मत पाए ?

काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत आदिवासी जनजातितर्फकाे केन्द्रीय सदस्यमा ८ जना निर्वाचित भएका छन् ।

निर्वाचितमध्ये सबैभन्दा धेरै चिनकाजी श्रेष्ठले २३०८ मत पाएका छन् भने दाेस्राे र तेस्राे मत क्रमश: उमेश श्रेष्ठले २१४४ र बहादुर सिंह लामा (तामाङ) ले २११४ मत पाएका छन् ।

त्यसैगरि चाैथाेमा दिलमान पाख्रिनले १९७६, पाँचाैँ टेकबहादुर गुरूङ (मनाङ) १९०६, छैटाैँमा आङगेलु शेर्पाले १८९८ मत पाएका छन् भने साताैँमा तारामान गुरूङ १८४८, आठाैँमा टेकप्रसाद गुरूङले १७७८ मत पाएर निर्वाचित भएका छन् । 

पार्टी कार्यालय सानेपामा सम्पन्न मतगणनामा सभापति शेरबहादुर देउवा पक्षले वर्चश्व कायम गरेको छ । 

आदिवासी जनजातितर्फको केन्द्रीय सदस्यको मतगणनामा ८ पदमध्ये ७ जना देउवा पक्षका विजयी भएका छन्। मतपरिणाम सार्वजनिक हुँदा डा शेखर कोइराला पक्षका एक जनाले जितेका छन् । 

यता, शेखर पक्षका टेकप्रसाद गुरु विजयी भएका छन् ।

कसले कति मत पाए ?  

गाउँ सहर संवाददाता

तपाईँको मत